
कञ्चनपुरबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
Above Article Content Ad
कञ्चनपुर- कञ्चनपुरबाट खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन्।
प्रहरीले गोप्य सूचनाका आधारमा लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सहप्रवक्ता प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाका नुसार भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दोधारा चाँदनी नगरपालिका–१ का जनक खड्का र शुक्लाफाँटा नगरपालिका–८ का धिरेन्द्र महरालाई नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
Article inline ad #1
प्रहरीका अनुसार खड्काको साथबाट एक ग्राम ८४० मिलीग्राम खैरो हिरोइन र महराको साथबाट छ ग्राम ४१ मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























