Above Article Ad
  • इलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा एक हप्ता देखि सेवा प्रभावित

    Above Article Content Ad
  • पुनर्वास । इलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा एक हप्ता देखि सेवा प्रभावित बनेको छ । कञ्चनपुरका तीन पालिकालाई सेवा दिने इलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा एक हप्ता देखि कार्यालय प्रमुख बिदामा रहँदा सेवा प्रभावित बनेको हो ।
    कार्यालय प्रमुख डम्बर खड्का एक हप्ता अघि परीक्षा र उपचारका लागि काठमाडौँ गएपछि प्रशासनबाट प्रवाह हुने सेवा पूर्ण रुपमा प्रभावित बनेका छन् । जसका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले वैकल्पिक कर्मचारीको व्यवस्थापन गर्न नसक्दा आउने सेवाग्राहीहरू रित्तै हाल फर्किनु परेको छ ।
    पुनर्वास नगरपालिका–९ का शिवराज उपाध्यायले आफ्नो नागरिकताको प्रतिलिपि र श्रीमतीको नागरिकताको लागि इलाका प्रशासन कार्यालयमा आउँदा आफ्नो काम हुन नसकेको गुनासो गरे । उनले हप्ता दिन देखि सेवा रोकिदा जनप्रतिनिधिहरू, सिडिओ र पत्रकारले समेत वास्ता नगर्नु निकै दुःखको कुरा भएको बताए ।
    यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी(सिडिओ) गोपाल कुमार अधिकारीले कार्यालयका प्रमुख बिदा बसेको र कार्यालय प्रमुख खड्काको कार्य अवधि पनि सकिएकाले अर्को व्यवस्था नभएकाले सेवा प्रभावित हुन पुगेको जानकारी दिए ।

    विधुतको समस्या कायमै

    इलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा विधुतको समस्या कायमै रहेको छ । इलाका प्रशासन कार्यालयमा वैकल्पिक व्यवस्थापन नहुँदा अझै सेवाग्राहीले सास्ती पाइरहेका छन् ।
    प्रशासन कार्यालयमा विगत दुई वर्ष अघि देखि विधुतको वैकल्पिक व्यवस्थापन हुन नसक्दा दुई नगरपालिका र एक गाउँपालिकाबाट आउने सेवाग्राहीहरूले सेवा लिन सास्ती खेप्नुपरेको छ ।
    सबैभन्दा बढी भिडभाड हुने यो कार्यालयमा विधुत व्यवस्थापन नहुनु निकै लज्जास्पद भएको सेवाग्राहीहरूले बताउँदै आएका छन् । यता इलाका प्रशासन कार्यालयका प्रमुख डम्बर बहादुर खड्काले पनि कार्यालयमा विधुतको वैकल्पिक व्यवस्था नभएको स्वीकार गरेका छन् ।
    कार्यालयमा व्यवस्थापन शीर्षकमा बजेट नहुँदा विधुतको वैकल्पिक व्यवस्था गर्न नसकेको उनले बताए । विधुतको वैकल्पिक व्यवस्था गर्नको लागि विभिन्न निकायमा खबर गरेता पनि समस्याको समाधान हुन नसकेको बताउँदै आएका छन् ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button