Above Article Ad
  • बिधुतका बिषयमा यस्तो भन्छन् पुनर्वास पुगेका बिधुत प्रादेशिक प्रमुख चन्द

    Above Article Content Ad
  • पुनर्वास- लामो समयदेखि बिधुत लो भोल्टेजको समस्या रहेको पुनर्वास नगरपालिकामा अबको केहि महिनामै समस्या समाधान हुने भएको छ ।

    आईतबार पुनर्वासको निर्माणाधिन सब स्टेशन र फ्युज सेवा केन्द्रको निरीक्षणमा पुगेका बिधुतका प्रादेशिक कार्यालय अत्तरीयाका प्रमुख जंगबहादुर चन्दले पुनर्वास नगरपालिकाका कार्यालयमा मेयर, उपमेयरसंग कुरा गर्दै कार्तिक महिना भित्रै बिधुतका अधिकांश समस्या समाधान हुने बताए ।

    Article inline ad #1
  • उनले समस्या समाधानका लागि विभिन्न योजना सहित हामी निरन्तर प्रयासमा छौ, ठेकेदार कम्पनीले काम निरन्तर गर्दिए आगामी आर्थिक वर्ष भित्रै अत्तरीया हुँदै धनगढीबाट पुनर्वास सब स्टेशनमा ३३ हजार भोल्टको लाईन सिधै पुग्ने जानकारी दिए ।

    Article inline ad #2

    लोडसेडिङ भएको छैन, काम हुँदा बत्ती केहि समयका लागि काटिन्छ, अझै बेलौरी सबस्टेशनको हकमा जंगलभित्रबाट प्रसारण लाईन भएका कारण र तार एकअर्कामा टक्राब हुँदा सामान्य हावाहुरीले पनि बिधुतमा समस्या देखिने गरेको उनको भनाई छ ।

    पुनर्वास नगरपालिकाकी नगर उपप्रमुखको कार्यकक्षमा भएको कुराकानीमा उपस्थित नगरप्रमुख तोया प्रसाद शर्मा, उपमेयर भुलिया कुमारी राना, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरी, नेपाली काँग्रेसका नगर सचिव खगेन्द्र ओझा,उद्योग वाणिज्य संघ शाखा पुनर्वासका अध्यक्ष कृष्ण बहादुर तामाङ, नेकपा एमालेका नगर अध्यक्ष पदम पुजारा, माओवादीका नेता कञ्चन गिरी लगायतका व्यक्तिहरुले सिचाई सुविधा हुनेगरी बिधुत अपुर्ति सहजीकरणका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    2
    +1
    1
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button