Above Article Ad
  • सुत्केरीको मृत्युपछि अस्पताल तनावग्रस्त, आगजनी र तोडफोडमा संलग्न ४ जना पक्राउ

    Above Article Content Ad
  • पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ निवासी ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गुजरा नगरपालिका–९, सिमरा निवासी ४२ वर्षीय भुनेसी महरा र २० वर्षीय राजन महरा रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा लगिएको छ।

    चिकित्सकको लापरबाहीका कारण सुत्केरी महिलाको मृत्यु भएको आरोप लगाउँदै आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै इमर्जेन्सी कक्षमा आगजनी गरेका थिए। तोडफोड र आगजनीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको बरहथवा नगर अस्पतालका सूचना अधिकारी राजेश कुमार रौनियारले जानकारी दिए।

    Article inline ad #1
  • बरहथवा नगरपालिका–५ निवासी रुपेश महराकी २१ वर्षीया श्रीमती सिमा देवी रामको आइतबार राती उपचारका क्रममा मृत्यु भएको थियो। उनलाई सुत्केरी गराउनका लागि तीन दिनदेखि अस्पतालमा राखिएको थियो।

    Article inline ad #2

    घटनापछि केहीबेर अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो । अस्पतालमा कार्यरत चिकित्सक तथा उपचारका लागि आएका बिरामीहरू अस्पताल छोडेर बाहिरिएका थिए। घटनाका क्रममा केही चिकित्सकमाथि कुटपिटसमेत भएको थियो ।

    मृतक महिलाको शव पोस्टमार्टमपछि मलंगवास्थित शवगृहमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6