Above Article Ad
  • प्रदेशको अधिकार कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई तीव्रता दिएका छौँ : मुख्यमन्त्री भट्ट

    Above Article Content Ad
  • धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानले प्रदेशलाई प्रदान गरेको अधिकार क्षेत्रभित्र रहेर आवश्यक ऐन तथा कानुन निर्माण गरिएको र बाँकी कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको बताएका छन्।

    संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले तीन तहका सरकारका ऐनको कार्यान्वयनका सन्दर्भमा मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन्।

    Article inline ad #1
  • मुख्यमन्त्री भट्टका अनुसार सुदूरपश्चिम प्रदेशमा हालसम्म ६३ वटा ऐन निर्माण भइसकेका छन् भने केही आवश्यक ऐन निर्माण हुन बाँकी छन्। बाँकी कानुन निर्माणका लागि प्रदेश सरकारले आवश्यक प्रक्रिया अघि बढाइरहेको उनले बताए।

    Article inline ad #2

    प्रदेश सरकार स्थानीय तह तथा संघीय सरकारसँग समन्वय र सहकार्य गर्दै अघि बढिरहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले संविधानले व्यवस्था गरेको अधिकार क्षेत्रभित्र रहेर कानुन निर्माण तथा कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रयास भइरहेको बताए। उनले तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6