
पुनर्वासमा ब्राउन सुगर बोकेका सशस्त्रका जवान सहित दुई जना पक्राउ
पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका-१० दोदा पुलबाट ब्राउन सुगर बोकेर आउदै गरेका सशस्त्र प्रहरीका जवान सहित दुईजना पक्राउ परेका छन् ।
शनिबार दिउँसो धनगढी तर्फ जादै गरेको अवस्थामा सु.प.प्र.०२-००३ प. ६४३१ नम्बरको अपाची मोटरसाईकलको प्लग र हेडलाईटमा लुकाएको अवस्थामा १ ग्राम २० मिलिग्राम ब्राउन सुगर फेला परेपछि सशस्त्र प्रहरीका जवान सहित दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-३, बिशालनगर बस्ने २८ वर्षिय प्रदीप पाख्रीन र धनगढी उपमहानगरपालिका-१, शिबनगर बस्ने ३२ वर्षिय बिकल मगर रहेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएका प्रहरी सहायक निरीक्षक सहितको आरआईटी टिमले पक्राउ गरेको त्रिभुवनबस्ती प्रहरीले जनाएको हो ।
पक्राउ परेका पाख्रीन बिओपी दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान रहेको बताए ।
चेकजाँचका क्रममा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएका प्रहरी सहायक निरीक्षकको आरआईटी टिमसंगै ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती टोलीको सहायता थियो । भने पक्राउ परेका दुबैजनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको नियन्त्रणमा राखिएको छ ।
पुनर्वासमा प्रहरीले सक्रियता बढाएसंगै केहि समययता ब्राउन सुगर सेवन कर्ता र ओसारपसार गर्नेहरु निरन्तर पक्राउ पर्न थालेका छन् ।