Above Article Ad
  • राडा नेपालद्वारा विद्यार्थीहरुलाई न्यानो लुगा वितरण

    Above Article Content Ad
  • पुनर्वास – बढ्दो चिसोलाई मध्यनजर गर्दै कंचनपुरको पुनर्वासमा ग्रामीण जागरण विकास संघद्वारा(राडा नेपाल ) विद्यार्थीहरुलाई न्यानो लुगा (स्विटर) वितरण गरिएको छ ।

    शुक्रबार पुनर्वास नगरपालिका-१, पु,रैना स्थित रामबुद्ध माध्यमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययनरत ७० जना विद्यार्थीहरुलाई न्यानो लुगा (स्विटर) वितरण गरिएको हो ।

    Article inline ad #1
  • राडा नेपालका अध्यक्ष राजेन्द्र सिंह धामीको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा पुनर्वास-१ का वडाध्यक्ष मोहनलाल रानाको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै अतिथीमा विद्यालयका प्रधानाध्यापक , सहयोगी दाताका परिवार, बिधालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

    Article inline ad #2

    उक्त न्यानो लुगा वितरणका लागि रोजगारीका सिलसिलामा अमेरिकामा रहेका सस्थाका संस्थापक अध्यक्ष शिव प्रसाद बिष्टबाट १ सय ५ डलर, शेरबहादुर जेठाराबाट १ सय डलर, सरस्वती शर्मा बाट ५० डलर, बाबुराम पन्थीबाट ५० डलर र दिपेन्द्र पाण्डेबाट ५० डलर गरि जम्मा ३ सय ५५ डलर संस्थालाई सहयोग प्राप्त भएको सचिव रुपेश खरेलले जानकारी दिए ।

    कार्यक्रममा सहयोगीदाताका घर परिवारका सदस्यहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियोे । यस संस्थाले विगतका वर्ष देखि नै न्यानो लुगा वितरण देखि विभिन्न विपदहरुमा सहयोग गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    1
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button