Above Article Ad
  • मैदानदेखि नेतृत्वसम्म : कस्ता देखिए एनपीएलका आठै टोलीका कप्तान ?

    Above Article Content Ad
  • काठमाडौँ –कसैले कप्तानीमा टोलीलाई पहिलोपटक च्याम्पियन बनाए, कसैले लगातार दोस्रोपटक फाइनलसम्म पुर्‍याए। कसैले प्लेअफको यात्रा तय गरे त कसैका लागि प्रतियोगिता अपेक्षाअनुसार रहन सकेन।

    नेपाल प्रिमियर लिग (एनपिएल|) को तेस्रो संस्करणमा आठ टोलीका कप्तानले फरक–फरक अनुभव सँगालेका छन्।

    प्रतियोगिताको अन्त्यमा सुदूरपश्चिम रोयल्सले उपाधि उचाल्दा कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्व र व्यक्तिगत प्रदर्शन दुवै चर्चामा रहे। शनिबार सम्पन्न फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपिएलको उपाधि जितेको हो। टोलीलाई च्याम्पियन बनाउने क्रममा ऐरीले ब्याटिङ र बलिङ दुवैतर्फ महत्त्वपूर्ण योगदान दिए।

    Article inline ad #1
  • ऐरीले यस संस्करणमा १० खेल खेल्दै २१७ रन बनाए। बलिङतर्फ उनले सात विकेट लिए। कप्तानका रूपमा टोलीलाई उपाधि दिलाउनुका साथै व्यक्तिगत प्रदर्शनमा समेत प्रभाव छाड्न सफल ऐरी यस संस्करणका सबैभन्दा सफल कप्तान बने।

    Article inline ad #2

    उपविजेता लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलको नेतृत्व पनि कम महत्त्वपूर्ण रहेन। उनको कप्तानीमा लुम्बिनी लगातार दोस्रोपटक फाइनलमा पुग्यो। रोहितले आठ खेलमा १५१ रन बनाउनुका साथै चार विकेट लिए। गत संस्करणमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै कार जितेका उनले यसपटक पनि आफ्नो प्रभाव कायमै राखे।

    काठमाडौँ गोर्खाजका कप्तान करण केसीका लागि तेस्रो संस्करण सम्झनलायक रह्यो। उनको नेतृत्वमा टोलीले प्लेअफमा स्थान बनायो। व्यक्तिगत प्रदर्शनतर्फ करणले आठ खेलमा १० विकेट लिए भने ब्याटिङबाट ९० रन जोडे।

    चितवन राइनोजको कप्तानी जिम्बाब्वेका अनुभवी अलराउन्डर सिकन्दर रजाले गरेका थिए। उनको नेतृत्वमा चितवन प्लेअफसम्म पुग्न सफल भयो। यद्यपि, व्यक्तिगत प्रदर्शनमा भने उनले अपेक्षाअनुसार प्रभाव पार्न सकेनन्। रजाले पाँच खेलमा ५६ रन बनाउँदा बलिङमा पाँच विकेट लिए।

    कर्णाली याक्सले भने प्रतियोगिताकै क्रममा कप्तान परिवर्तन गरेको थियो। सुरुआती खेलहरूमा सोमपाल कामीले टोलीको नेतृत्व गरेका थिए भने लिग चरणको अन्तिमतिर डेविड मिलरलाई कप्तानीको जिम्मेवारी दिइयो।

    सोमपालले सात खेलमा एक अर्धशतकसहित १२५ रन बनाए। बलिङमा उनको प्रदर्शन झनै प्रभावशाली रह्यो। उनले आठ दशमलव ९० को इकोनोमी रेटमा १० विकेट लिए। यता, पहिलोपटक एनपिएल खेलेका दक्षिण अफ्रिकी खेलाडी मिलरले चार खेलमा एक अर्धशतकसहित ११० रन बनाए। यस संस्करणमा उनको उच्च स्कोर अविजित ९३ रन रह्यो।

    विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेका लागि भने यो संस्करण सुखद रहन सकेन। उनको नेतृत्वमा रहेको विराटनगरले प्लेअफमा समेत स्थान बनाउन सकेन।

    पोखरा एभेन्जर्सले कमजोर प्रदर्शनपछि प्रतियोगिताको बीचमै कप्तान फेर्‍यो। सुरुआती खेलमा कुशल भुर्तेलले टोलीको नेतृत्व गरेका थिए भने लिग चरणको अन्तिमतिर श्रीलङ्काका अलराउन्डर चमिका करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दिइयो।

    टोलीमा कप्तान परिवर्तन भए पनि कुशलको व्यक्तिगत प्रदर्शन भने राम्रो रह्यो। उनले सात खेलमा दुई अर्धशतकसहित २३५ रन बनाए। बलिङमा पनि उनले छ विकेट लिए। यस्तै, नयाँ कप्तान करुणारत्नेले छ खेलमा ८५ रन बनाउनुका साथै चार विकेट हात पारे।

    जनकपुर बोल्ट्सका कप्तान अमेरिकी अलराउन्डर हरमित सिंहका लागि यो संस्करण टोलीगत हिसाबले निराशाजनक रहे पनि व्यक्तिगत रूपमा सन्तोषजनक रह्यो। उनको नेतृत्वमा जनकपुर अङ्क तालिकाको अन्तिम स्थानमा रह्यो। तर, व्यक्तिगत प्रदर्शनमा हरमितले आफ्नो प्रभाव देखाए। उनले सात खेलमा ११ विकेट लिनुका साथै ब्याटिङमा ९० रन जोडे।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6