
पुनर्वासमा तीजकै दिन राति मोटरसाइकल दुर्घटनामा एक युवकको गयो ज्यान , दुई घाइते
पुनर्वास-कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मङ्गलबार राति पुनर्वास नगरपालिका-१० दोदा पुल नजिकै मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पुनर्वास नगरपालिका-५, भानुभस्तीका १८ वर्षीय जय राम थापाको मृत्यु भएको र घाइते सोही ठाउँका१९ वर्षीय दिपक बयाडि र २३ वर्षीय भरत थापाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार सुप प्र ०१ ००८ प ४८९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका उनीहरुलाई उपचारका लागि प्रहरीले तत्काल एम्बुलेन्समा राखी धनगढी स्थित माया मेट्रो अस्पतालमा पठाइएको थियो ।
मृतक थापाले चलाएको मोटरसाइकलमा सवार २३ वर्षीय भरत थापा र अर्का घाइते १९ वर्षीय दिपक बयाडि उपचारकै क्रममा रहेपनि अवस्था भने खतरामुक्त रहेको प्रहरी नायब उपरीक्षक बोहराले बताएका छन् ।
टाउकोमा गम्भीर चोट लागेका थापाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
















https://shorturl.fm/yOcSJ