Above Article Ad
  • भारतको कर्नाटकमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु

    Above Article Content Ad
  • एजेन्सीः भारतको दक्षिणी राज्य कर्नाटकमा बुधबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका स्थानीय प्रहरीले पुष्टि गरेको छ।

    मारिएका सबै तरकारी विक्रेताहरू थिए, जो आफ्नो उत्पादन नजिकैको थोक बजारमा बेच्न गएका थिए। घाइतेहरूलाई हुबली जिल्लाको अस्पतालमा भर्ना गरिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशंका गरिएको छ। छुट्टाछुट्टै दुर्घटनामा राज्यको राईचुर जिल्लामा यात्रु बोकेको गाडी पल्टिँदा करिब २० वर्षका तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। दुर्घटना हुँदा गाडीमा करिब १५ जना सवार थिए।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button