Above Article Ad
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले गाँजासहित दुई जना पक्राउ

    Above Article Content Ad
  •  काठमाडौँ -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

    विमानस्थलको आगमन तर्फको टनेलबाट ४ किलो २ सय ८४ ग्राम सहित दुई जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

    Article inline ad #1
  • पक्राउ पर्नेमा भारतीय नागरिक ३३ वर्षीय रञ्जित सिंह र पुनीत शर्मा छन् । उनीहरू आइतबार दिउँसो पक्राउ परेका हुन् ।

    Article inline ad #2

    थाई एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौँ आएका रञ्जितलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागूऔषध फेला परेको थियो ।

    शर्मा लागूऔषध सङ्कलन गर्न विमानस्थल पुगेका थिए । शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरूमाथि लागूऔषध नियन्त्रण ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6