
सुदूरपश्चिमका केही जिल्लामा अति भारी वर्षा
Above Article Content Ad
काठमाडौँ – गएको २४ घण्टामा सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र कैलाली जिल्लामा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार शुक्रबार बिहान साढे १० सम्मको तथ्याङ्कले यो देखाएको हो ।
विभागका अनुसार, डडेल्धुराको गाइबन्डेमा २१०.२ मिलिमिटर र कैलालीको चिसापानीमा २०३.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ । यो मात्राको वर्षालाई अति भारी वर्षा मानिन्छ, जसले बाढी र पहिरोको जोखिम बढाउँछ ।
Article inline ad #1
अहिले पनि सुदूरपश्चिमका दार्चुला, डडेल्धुरा, बैतडी र कैलालीसहितका विभिन्न जिल्लाहरूमा वर्षा भइरहेको छ । लगातारको वर्षाले जनजीवनमा असर पर्न सक्ने भन्दै सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















