Above Article Ad
  • गठबन्धन गर्ने केन्द्रिय समितिको निर्णय मान्न हामी बाध्य छैनौं : काँग्रेस नेता बिष्ट

    Above Article Content Ad
  • आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गर्ने केन्द्रिय समितिको निर्णय मान्न हामी बाध्य नभएको संविधानसभा सदस्य एवं नेपाली काँग्रेसका नेता दिवानसिंह बिष्टले बताए ।

    सोमबार कञ्चनपुरको पुनर्वासमा नेपाली काँग्रेस द्वारा आयोजित “जनताको साथमा काँग्रेस” अभियान कार्यक्रममा बोल्दै नेता बिष्टले भने ” काँग्रेसले जित्ने निर्वाचन क्षेत्र माओवादीलाई काँग्रेसले किन छोड्ने ?

    Article inline ad #1
  • गठबन्धन त्यहाँ गरौ जहाँ जित्न सकिँदैन नेता बिष्टले भने कञ्चनपुर १ मा गठबन्धन गरे पनि माओवादी नेतृ बिना जि चुनाव जित्नु हुन्न । हार्ने उम्मेदवारलाई काँग्रेसले किन काँध थाप्ने ? नेता बिष्टले भने – गठबन्धन गर्ने नगर्ने निर्णय गर्ने केन्द्रको अधिकार हो भने बिद्रोह गर्ने अधिकार हाम्रो हो । जबर्जस्ती लादिए बिद्रोह हुनेछ ।

    Article inline ad #2

    निर्वाचनको तयारीका लागि काँग्रेसले थालेको जनताको साथमा काँग्रेस अभियानका प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामजनम चौधरीले यस क्षेत्रका कार्यकर्ताहरुको भावना जस्ताको त्यस्तै केन्द्रिय समितिमा राख्ने बताए ।

    कार्यक्रम कंचनपुर निर्वाचन क्षेत्र नम्बर १”क” का सभापति मानबहादुर रोकायाको सभाध्यक्षमा सम्पन्न भएको थियो

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button