क्षेत्राधिकार नपर्ने भन्दै पन्छियो कृषि मन्त्रालय, पुनर्वासका किसानलाई थप पीडा
Above Article Content Ad
कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिकाको दोदा नदीमा आएको बाढीपछि डुबान परेको क्षेत्र वडा ५ को सिमरी र उद्री तथा वडा १० परासनमा ३८५ विघा धान र २ सय १८ विघा उखुमा क्षति भयो ।
परीक्षण रिपोर्ट अनुसार केमिकल मिसिएको पानीका कारण नष्ट भएको प्रमाणित भएको छ। परीक्षण गरिएको पानीमा केमिकल अक्सिजन डिमाण्ड (सिओडी)र बायोकेमिकल अक्सिजन डिमाण्ड(बिओडी) को मात्रा भेटिएको पुनर्वास नगरपालिकाका कृषि शाखा प्रमुख कर्णबहादुर शाहीले बताए ।सुदूरपश्चिम प्रदेश सरकारको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत भदौ ३ मा परीक्षणका लागि कृषि अनुसन्धान केन्द्र (नार्क)मा पठाइएको थियो। नार्कमा पानी परीक्षण हुन नसक्ने भएपछि काठमाण्डौंमै निजी प्रयोगशाला वाटर इन्जिनियरिङमा परीक्षण गरिएको हो। केमिकलकै कारण धान उखु तथा अन्य घाँसपात सुकेको र माछा मरेको रिपोर्टमै उल्लेख छ,’। तर सयौँ बिघा धान र उखु बाली नष्ट प्रकरणमा सुदूरपश्चिमको भूमि व्यवस्था तथा कृषि मन्त्रालयले हात झिकेको छ।
औद्योगिक रसायनले धान र उखु बाली नष्ट भएको र त्यसको क्षेत्राधिकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको रहेको भन्दै प्रदेशको कृषि मन्त्रालयले हात झिकेको हो।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले भने,‘कृषि बाली नष्ट भएको हुँदा हामीले त्यसको नमूना परीक्षण गरी यकिन कारण पत्ता लगाउनेसम्मको काम गरेको बताए। परीक्षण रिपोर्ट अनुसार कृषि बाली नष्ट हुनुको कारण पानीमा देखिएको रसायनको मात्रा बढी भएको पुष्टि भएको छ।
त्यो रासायन कुनै उद्योगबाट आएको हुनाले हाम्रो कार्य क्षेत्रभित्र पर्दैन। त्यसको नियमनकारी निकाय उद्योग मन्त्रालय रहेकाले फाइल उद्योग मन्त्रालयमा पेस गरेका हौँ।’तर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भने यसबारे कुनै चासो देखाएको छैन। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेलले उद्योगको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अध्ययन गर्न आफूहरुले घरेलु उद्योग कार्यालयसँग बुझिरहेको बताए। कहिलेसम्म अध्ययन होला भन्ने जिज्ञासामा सचिव पौडेलले अनभिज्ञता व्यक्त गरेका छन्।धान र उखुबाली नष्ट हुने रासायन उत्सर्जन त्यहाँस्थित भागेश्वर चिनी मिलबाट भएको किसानको दाबी छ । तर कुनै पनि निकायले किटानका साथ उद्योगको कारण नोक्सानी भएकोबारे पुष्टि गर्न सकेका छैनन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad