Above Article Ad
  • पुनर्वासको ७४ बिघा जमिनमा प्रादेशिक रङ्गशाला बनाउन सदनमा सांसद तामाङको माग

    Above Article Content Ad
  • पुनर्वास। कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तारालामा तामाङले सुदूरपश्चिममा प्रादेशिक रङ्गशाला बनाउनका लागी अध्ययन थाल्न सरकार सँग माग गर्नुभएको छ ।

    आइतबार प्रतिनिधि सभामा बोल्नुहुँदै सांसद तामाङले प्रादेशिक रङ्गशाला बनाउन पुनर्वासमा ७४ बिघा जमिन रहेकाले जसका लागी अध्ययन गरिनुपर्ने बताउनुभएको हो ।

    Article inline ad #1
  • अध्ययनका लागी प्रस्ताव गर्न, निश्चित बजेट विनियोजन गर्न सांसद तामाङले सरकार सँग माग गर्नुभएको छ । खेलकुदलाई सम्मान गर्न सरकारले विगतका भन्दा आगामी वर्षमा दोब्बरले बजेट विनियोजन गरेको सन्दर्भमा सुदूरपश्चिम प्रदेशमा रङ्गशाला बनाउनका लागि अध्ययन थाल्न उहाँले माग गर्नुभएको छ ।

    Article inline ad #2

    आगामी वर्षका लागी उपयोगी हुने गरी बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

    प्रतिनिधि सभामा बोल्नुहुँदै सांसद तामाङले सीमा नाका भएर मित्र राष्ट्र भारतबाट लागू औषध भित्रिने गरेकोले गृह मन्त्रालयलाई यसको न्यूनीकरणमा लाग्न आग्रह गर्नुभएको छ ।

    एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत हुनुपर्ने १५ श्यैयाको अस्पताल, सघन सहरी विकास कार्यक्रमहरूलाई बस्ती विकास कार्यक्रम अनुसार राखिएकाले ती कार्यक्रमहरूलाई शीर्षक अनुसार राख्न पनि उहाँले आग्रह गर्नुभयो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by