Above Article Ad
  • कञ्चनपुर-१ मा दादागिरी शैलीमा रास्वपा, स्वतन्त्र उम्मेदवार सिंहद्वारा जाइलाग्ने प्रयासको आरोप

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार यादव सिंहमाथि रास्वपाका  क्षेत्रीय सभापति जनक चौधरीले जाइलाग्ने प्रयास गरेको आरोप लागेको छ ।

    आइतबार पुनर्वास नगरपालिका-६ ,  सुकुम्बासी बस्तीमा घरदैलो गरिरहेका बेला आफूमाथि रास्वपाका  क्षेत्रीय सभापति  चौधरीले जाइलाग्ने प्रयास गरेको कुरा स्वतन्त्र उम्मेदवार  सिंहले बताएका हुन् ।

    Article inline ad #1
  • रास्वपाको र आफ्नो घरदैलो कार्यक्रम सोहि टोलमा भएको आफूलाई एक्लै देखेर भोट माग्न निषेध गर्न खोजेको स्वतन्त्र उम्मेदवार  सिंहको भनाइ छ ।

    Article inline ad #2

    स्वतन्त्र उम्मेदवार  सिंहका अनुसार  आइतबार दिउँसो करिब १ बजेको समयमा आफ्नो निर्वाचन चिन्ह ‘झोला’ मा  मतदाताहरुसँग मत मागिरहेका बेला रास्वपाका क्षेत्रीय सभापति  चौधरी आफ्ना समर्थकसहित उक्त स्थानमा पुगेका थिए।

    विश्व खोजसँगको कुराकानीमा स्वतन्त्र उम्मेदवार सिंहले आफूलाई हेपेर थर्काउदै “तँ अगाडि जा”, “हामीले कार्यक्रम गरेको टोलमा नआ” जस्ता शब्द प्रयोग गरिएको बताएका छन् ।

    चौधरीको यस्तो व्यवहारले निर्वाचन आचारसंहिता विपरीत भएको दाबी गर्दै लोकतान्त्रिक अभ्यासमाथि प्रहार भएको टिप्पणी गरेका छन्।

    कञ्चनपुर क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका सिंहले निष्पक्ष, शान्तिपूर्ण र मर्यादित निर्वाचन वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनले घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न सामाजिक सञ्जाल फेसबुकबाट पनि माग गरेका छन्।

    यतिबेला जताततै रास्वपाका कार्यकर्ताहरूले दादागिरीको दम्भ देखाउँदै पनि आइरहेको देखिन्छ । आइतबार कैलाली-२ मा चुनावी प्रचारका क्रममा झडप भएको भिडियो बाहिरिएको थियो। झडपमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केपी खनाल सहितका कार्यकर्ताहरू देखिएका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    1
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by