Above Article Ad
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको पुनर्वास नगर सदस्यमा देवी रोकाया सर्वसम्मत

    Above Article Content Ad
  • पुनर्वास – आगामी निर्वाचनको मिति नजिकैसँगै राजनीतिक दलहरू संगठन विस्तारका कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि देशभर संगठन विस्तार गरिरहँदा कञ्चनपुरको पुनर्वास नगरपालिकाको नगर कार्यसमिति पनि विस्तार गरेको छ।

    Article inline ad #1
  • केही दिनअघि मात्रै सम्पन्न भएको नगर भेलाबाट कञ्चनपुरको पुनर्वास नगरपालिका ४ का निर्वाचित वडाध्यक्ष गर्न मनोज जैसीको नेतृत्वमा ५१ सदस्य नगर कार्यसमिति तयार गरेको थियो ।

    Article inline ad #2

    सो नगर कार्यसमितिले पुस १९ गते शनिबार लामो समयदेखि सञ्चार क्षेत्रमा आबद्ध रहेकी पुनर्वास नगरपालिका-५ निवासी देवी बिष्ट रोकायालाई पनि मनोनित गरेको छ ।

    रोकाया विगत लामो समयदेखि कञ्चनपुरको पुनर्वास क्षेत्रमा रहि सञ्चार क्षेत्रको अनुभव बटुलेकी छन् भने हाल विश्वखोज राष्ट्रिय दैनिक पत्रिकामा व्यवस्थापकको जिम्मेवारी सम्हालिरहेकी छन्।

    पुनर्वासका सबै वडाबाट समावेशी तरिकाको सहभागिता गराईरहेका छौ । कार्यसमिति पूर्ण नभएको र विस्तारमै रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर मनोज अध्यक्ष जैसीले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6