Above Article Ad
  • नुवाकोटमा मोटरसाइकल जोगाउन खोज्दा बस दुर्घटना, एक जनाको मृत्यु

    Above Article Content Ad
  •  काठमाडौं । त्रिशुली–काठमाडौं सडकखण्ड अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

    गल्छिबाट त्रिशुलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. ५८ प २८०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    Article inline ad #1
  • प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका–७ बस्ने मोतीराम राईका छोरा २२ वर्षीय जीवन राई रहेको प्रहरीले जनाएको छ । उनलाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    मृतकका आफन्तहरूले अहिले घटनास्थलमा पुगे बाटो अवरोध गरिरहेका छन् । मोटरसाइकललाई जोगाउने क्रममा बस दुर्घटनामा परेको घटनास्थलमै रहेका एक प्रहरीले जानकारी दिए ।

    Article inline ad #2
    मोटरसाइकल जोगाउने क्रममा बसलाई भित्तामा पुगेर ढुंगामा जोतिन पुगेको थियो ।

    बसमा सवार १८ जना र मोटरसाइकलमा सवार १ जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल नुवाकोट लगिएको प्रहरीले जनाएको छ ।

    लगभग पौने २ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

    अनलाईन खबरबाट

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button