सुदूरपश्चिम प्रदेशमा ‘वल्के’ र ‘गुरही’ पर्वको चहलपहल सुरु
भाद्र सङ्क्रान्ति अर्थात भदौ १ गतेका दिन मनाइने वल्के पर्व भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ। सङ्क्रान्तिका दिन मनाईने यो पर्वको तयारीका लागि सामग्री किनमेल गर्न बजारमा उपभोक्ताको जमघट देखिन्छ। विभिन्न थरीका पकवान पकाउन सामग्री किनमेल गर्न बढीजसो महिलालाई भ्याइनभ्याइ छ। कृषि बजारमा तरकारी किन्ने ग्राहकको उत्तिकै चाप देखिन्छ।
यो पर्व सुरु भएसगैँ वर्षात सकिने र हिलोमैलो पखालिने भन्दै आज बिहानैदेखि घर, आँगन सरसफाइ गर्ने, लुगाफाटा धुनेलगायत क्रियाकलापमा घरपरिवारका सदस्यहरु जुटेको पाइन्छ। गाउँ घरतिरका स्थानीय कुटानी पिसानीका लागि मिल धाउने काममा व्यस्त देखिन्छन्। काम विशेषले तथा अध्ययन गर्न घर बाहिर रहेकाहरु पनि यो चाड मनाउन आआफ्ना घर फर्किन थालेका छन्।
यस पर्वका दिन बिहानै नुहाइधुवाइ गरी आफ्ना मान्यजन, इष्टमित्र, छर छिमेकीलाई सगुनको रुपमा दूध, दही र पिँडालुको कलिलो पात अर्थात ‘गाभा’, हरियो साग दिएर सम्मान गर्ने र आशिर्वाद साँटासाँट गर्ने एक खालको मौलिक परम्परा रही आएको धनगढीका हीरालाल जोशीले जानकारी दिए। उनले भने, “विवाहिता छोरीलाई माइतीघरमा आमन्त्रण गरी स्थानीय खानाका परिकार खुवाउने चलन रहेको छ।”
गाउँ घरतिर गोरस, सितन अर्थात गाईभैँसीको दूध, दही, मही बाँड्ने चलनसमेत छ । यो चलन पछिल्लो समय कम हुँदै गएको छ। यस चाडमा गाउँघरमा युवायुवती जम्मा भएर पिङ खेल्ने, देउडा खेल्ने, ठाडी भाका तथा लोकलयमा गीत गाउनेलगायत क्रियाकलाप गर्ने गरेका स्थानीय नवराज भट्टले बताए। “सहर बजारमा यस्तो परम्परा लोप हुँदै गएको छ”, उनले भने।‘गुरही’ पर्वको तयारी पूरपश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व धनगढीमा धुमधामसँग मनाइने भएको छ।
सखी सञ्जाल कैलालीको आयोजना तथा थारु कल्याणकारिणी सभा धनगढी नगर समिति, थारु लेखक सङ्घ, थारु नागरिक समाजलगायतको संयुक्त आयोजनामा धनगढीको गुरही चोकमा आगामी भदौ १ गते पर्व मनाउने तयारी गरिएको आयोजक सखी सञ्जाल कैलालीकी अध्यक्ष सानु चौधरीले जानकारी दिइन्।
थारु सामुदायभित्रको सांस्कृतिक विविधतालाई संरक्षण सम्वद्र्धन गर्र्ने उद्देश्यले धनगढीमा २०६७ सालदेखि गुरही पर्वलाई संस्थागत रूपमा मनाइँदै आएको छ। विशेष गरी गुरही एक प्रकारको कीराको नाम हो, यसलाई नेपाली भाषामा ‘गाइनेकीरा’ भन्ने गरिन्छ।
“गर्मीयाममा गाउँघरमा व्याप्त दूषित कीटाणु तथा लामखुट्टेलाई आफ्नो आहारा बनाइ यस कीराले वातावरण सरसफाइमा मद्दत पुरÞ्याएको हुन्छ”, अध्यक्ष चौधरीले भनिन्, “यसै गुरहीको प्रतीकका रुपमा गाउँघरका बालबालिका तथा दिदीबहिनीले लुगाको गुडिया बनाइ गाउँको दक्षिण पट्टिको चोकमा सेलाउने (असरैना) गर्दछन् र पुरुषहरु सेलाएको गुडियालाई लठ्ठी आकारको सोताले पिट्ने तथा गाउँभरीको रोग व्याध र नराम्रो चिज लैजा भन्दै कराउने चलन छ।”
गुरही सेलाउने काम सकिएपश्चात् गुरहीसँग ल्याएको गेडागुडी तथा भुजा एकापसमा बाँडी खाने, खुवाउने र नाचगान गरी रमाइलो गर्ने चलन छ। थारु समुदायमा नयाँ पर्वचक्रको सुरुवातका रुपमा लिइने यस पर्वलाई रोगव्याधी तथा नकारात्मक शक्तिलाई गाउँ समाजबाट हटाउने सांस्कृतिक विश्वाससँग जोडिन्छ।
गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले हर्षोउल्लासका साथ मनाउने गरिएको छ। पर्वको अवसरमा जिल्लाका विभिन्न स्थानीय तहले भदौ १ गते सार्वजनिक बिदासमेत दिएका छन्।
सुदूरपश्चिम प्रदेशमा ‘वल्के’ र ‘गुरही’ पर्वको चहलपहल सुरु भएको छ।
भाद्र सङ्क्रान्ति अर्थात भदौ १ गतेका दिन मनाइने वल्के पर्व भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ। सङ्क्रान्तिका दिन मनाईने यो पर्वको तयारीका लागि सामग्री किनमेल गर्न बजारमा उपभोक्ताको जमघट देखिन्छ। विभिन्न थरीका पकवान पकाउन सामग्री किनमेल गर्न बढीजसो महिलालाई भ्याइनभ्याइ छ। कृषि बजारमा तरकारी किन्ने ग्राहकको उत्तिकै चाप देखिन्छ।
यो पर्व सुरु भएसगैँ वर्षात सकिने र हिलोमैलो पखालिने भन्दै आज बिहानैदेखि घर, आँगन सरसफाइ गर्ने, लुगाफाटा धुनेलगायत क्रियाकलापमा घरपरिवारका सदस्यहरु जुटेको पाइन्छ। गाउँ घरतिरका स्थानीय कुटानी पिसानीका लागि मिल धाउने काममा व्यस्त देखिन्छन्। काम विशेषले तथा अध्ययन गर्न घर बाहिर रहेकाहरु पनि यो चाड मनाउन आआफ्ना घर फर्किन थालेका छन्।
यस पर्वका दिन बिहानै नुहाइधुवाइ गरी आफ्ना मान्यजन, इष्टमित्र, छर छिमेकीलाई सगुनको रुपमा दूध, दही र पिँडालुको कलिलो पात अर्थात ‘गाभा’, हरियो साग दिएर सम्मान गर्ने र आशिर्वाद साँटासाँट गर्ने एक खालको मौलिक परम्परा रही आएको धनगढीका हीरालाल जोशीले जानकारी दिए। उनले भने, “विवाहिता छोरीलाई माइतीघरमा आमन्त्रण गरी स्थानीय खानाका परिकार खुवाउने चलन रहेको छ।”
गाउँ घरतिर गोरस, सितन अर्थात गाईभैँसीको दूध, दही, मही बाँड्ने चलनसमेत छ । यो चलन पछिल्लो समय कम हुँदै गएको छ। यस चाडमा गाउँघरमा युवायुवती जम्मा भएर पिङ खेल्ने, देउडा खेल्ने, ठाडी भाका तथा लोकलयमा गीत गाउनेलगायत क्रियाकलाप गर्ने गरेका स्थानीय नवराज भट्टले बताए। “सहर बजारमा यस्तो परम्परा लोप हुँदै गएको छ”, उनले भने।
‘गुरही’ पर्वको तयारी पूरा
पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व धनगढीमा धुमधामसँग मनाइने भएको छ।