Above Article Ad
  • पूर्वमन्त्री मगरको अग्रसरतामा बाईसीबिचवा खानेपानी योजना उद्घाटन

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरको पुनर्वास स्थित बाईसीबिचवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चौथो वार्षिक साधारणसभा तथा योजना उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ।

    शुक्रबार नेपाल सरकार पूर्व खानेपानी मन्त्री बीना मगरले उक्त याेजनाकाे उद्धाटन  गर्नुभएकाे हाे । कार्यक्रममा पूर्वमन्त्री मगरले योजनालाई सफल बनाउन समुदायको भूमिकाको प्रशंसा गर्दै भन्नुभयो“जनताको सहभागिता रहेको योजना सधैं टिकाउ र प्रभावकारी हुन्छ”सबैलाई बधाई तथा शुभकामना छ।,

    माओवादी नेतृ समेत रहेकी पूर्वमन्त्री मगरकै पहलमा ०७८ माघदेखि सञ्चालनमा आएको योजनाबाट हाल ७ सय भन्दाबढी घरधुरीले शुद्ध पिउने पानीकाे सेवा लिइरहेका छन्।संस्थाका सचिव विष्णु बहादुर बिकले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ०८१/८२ मा झन्डै १५ लाख आम्दानी भएको जानकारी दिए ।

    Article inline ad #1
  • करीब ५ करोड ३४ लाखको लागतमा बनेको योजनालाई २५ सय घरधुरीमा सेवा विस्तार गर्ने तयारीमा रहेको छ।सेवा विस्तारका लागि अर्को २ लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की, नयाँ पाइपलाइन, सोलार बत्ती, सभाहल, शौचालय र फर्निचर आवश्यक रहेको उल्लेख गरिएको छ।यी आवश्यकताबारे समितिले ज्ञापनपत्रमार्फत पूर्व मन्त्री मगरलाई जानकारी गराएको छ।मागहरूलाई सरकारले सम्बोधन गर्ने गरी पहल गर्ने नेतृ मगरकाे भनाइ छ।

    Article inline ad #2

    कार्यक्रममा पुनर्वासका पूर्व मेयर जीवनराज थापा, वडा अध्यक्षद्वय सुकदेव राना, तुलसी अर्याल, माओवादी केन्द्रका नेता भक्तबहादुर अधिकारी लगायतको उपस्थिति रहेको थियो।अध्यक्ष गाेपाल काफ्लेले संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान सहित मायाको चिनो प्रदान गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by