Above Article Ad
  • विद्यार्थीहरुलाई ट्राफिक सचेतना

    Above Article Content Ad
  • पुनर्वास । दिनप्रतिदिन सडक दुर्घटनाका घटनाहरु बढ्दै गएपछि ट्राफिक सचेतनाका कार्यक्रमहरुलाई तिव्रता दिईएको छ ।

    मंगलबार पुनर्वास नगरपालिका–४ को दुर्गा माध्यमिक बिधालय र पुनर्वास नगरपालिका–३ को जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई कैलालीका ट्राफिक प्रहरी प्रमुख बिरेन्द्र सिंह जोहारीले सडकमा सवारी चलाउदा जान्नुपर्ने ट्राफिक नियम सम्बन्धि सचेतना दिएका हुन् ।

    Article inline ad #1
  • प्रोजेक्टरको माध्यमबाट कक्षा १० सम्मका करिब दुई सय बढि विद्यार्थीहरुका माझमा ट्राफिक प्रहरी प्रमुख जोहारीले सडक लेन, ट्राफिक चिन्ह,सडक पार गर्ने तरिका, हुने घटना लगायतका धेरै कुरामा जानकारी गराएका थिए ।
    सचेतना कार्यक्रममा प्रहरी सहायक निरिक्षक चन्द्र सिंह भाट र ट्राफिक प्रहरी हवल्दार सिद्धिराज बिष्टले समेत सहायता गरेका थिए ।

    Article inline ad #2

    त्यस्तै कार्यक्रममा लागुऔषध दुर्व्यसनीका विषयमा जानकारी दिदै यसको प्रयोग अथवा यसमा संलग्न भए हुने कानुनी कार्वाहीका विषयमा कैलालीका न्यायाधिवक्ता श्रीराम ओझाले प्रशिक्षण दिएका थिए ।

    पुनर्वास नगरपालिकाकाको आर्थिक सहयोग तथा दिपशन मल्टी टेक्निकल ट्रेनिङ सेन्टर धनगढीको आयोजनामा पुनर्वासका सामुदायिक माध्यमिक बिधालयहरुमा सडक दुर्घटना र लागुऔषध दुर्व्यसनी सम्बन्धि सचेतना गर्दै आएको ट्रेनिङ सेन्टरका प्रबन्धक गोबिन्दराज जोशीले बताए ।प्रबन्धक जोशीका अनुसार मंगलबार सम्म ६ सामुदायिक बिधालयमा उक्त कार्यक्रमहरु सञ्चालन गरिसकेको बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button