Above Article Ad
  • कञ्चनपुरको पुनर्वासमा अवस्थित जीवन ज्योति माध्यमिक विद्यालयको ५५ औं वार्षिकोत्सब सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरको पुनर्वास नगरपालिका–६,स्थित श्री जीवन ज्योति माध्यमिक विद्यालयको ५५ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

    बिहीबार एक भव्य समारोहका ५५औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

    Article inline ad #1
  • कार्यक्रमका सभापति पुनर्वास–६ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्रसिंह लामा रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा पूर्व राष्ट्रिय सभा सदस्य इन्दु कठरिया बिष्ट, त्यसैगरी विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपाल , पूर्व नगर प्रमुख जीवनराज थापा उपस्थित हुनुहुन्थ्यो।

    Article inline ad #2

    कार्यक्रममा बोल्दै पूर्व राष्ट्रिय सभा सदस्य इन्दु कठरिया बिष्टले विद्यालयको शैक्षिक सुधार शिक्षकको मात्रै प्रयासले सम्भव नहुने बताउनुभएको छ।विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै बिष्टले विद्यालयको शैक्षिक तथा चौतर्फी विकासका लागि शिक्षकसँगै अभिभावक र विद्यार्थीको पनि महत्वपूर्ण भूमिका रहने बताउनुभयो।उहाँले अभिभावक, विद्यार्थी र शिक्षकले आ–आफ्नो कर्तव्य र जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै सकारात्मक भूमिका खेले मात्रै विद्यालयको समग्र विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो

    विद्यालयको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक आय–व्यय र विद्यालयको प्रगति विवरण प्रधानाध्यापक भरतकुमार बस्नेतले सार्वजनिक गर्नुभएको थियो।

    उहाँले गत आर्थिक वर्षमा विद्यालयको कुल आय–व्यय रु. १ करोड २६ लाख २६ हजार २ सय ६६ रुपैयाँ ९८ पैसा सार्वजनिक गर्नुभयो ।

    विद्यालयको प्राङ्गणमा आयोजित समारोह अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो।

    कार्यक्रममा अतिथिहरूलाई शिक्षकद्वय चन्द्रप्रसाद ढकाल र युवराज सुयलले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक नवराज ओझाले गर्नुभएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6