Above Article Ad
  • काठमाडौं महानगर उपप्रमुखबाट आगलागीस्थलको क्षतिग्रस्तअवलोकन

    Above Article Content Ad
  • काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपालिका-२४ मखनटोलमा आगलागीबाट क्षतिग्रस्त घरहरूको अवलोकन गरेकी छन् ।

    बुधबार बिहान दयाराम श्रेष्ठको चारतले घरमा आगलागी भएको थियो । त्यसपछि सँगैका तीन वटा घरमा पनि आगो सल्किएको थियो । यसक्रममा एकजनाको मृत्युसमेत भएको छ ।क्षति भएका घरको अवलोकनको क्रममा उपप्रमुख डंगोलले घरधनीहरू दयाराम श्रेष्ठ, विनोदकुमार राजभण्डारीलगायतसँग छलफल गरिन् ।

    Article inline ad #1
  • ग्यास चुहिएर आगलागी भएको प्रारम्भिक विवरण आएको भन्दै उपप्रमुख डंगोलले भनिन्, ‘आगलागीका घटनाहरू धेरै जसो ग्यास चुहिएर हुने गरेका छन् । हामी ती कुरालाई पनि मध्यनजर गर्दै अनुमनलाई प्रभावकारी बनाउँछौं ।’डंगोलले महानगरपालिकाले नियमित अनुगमन गरिरहेको भन्दै आगामी दिनमा ग्यास कम्पनी र डिलरहरूमा पनि अनुगमन गर्ने जानकारी दिइन् ।

    Article inline ad #2

    बुधबार आगलागीमा परेर श्रेष्ठको चारतले घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ सोही घरमा एक महिलाको मृत्यु भएको हो । दयारामको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर र सँगै रहेको कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा पनि क्षति भएको काठमाडौं-२४ वडाध्यक्ष विनोदकुमार राजभण्डारीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by