Above Article Ad
  • पराशन बहुमुखि सहकारीको २१ औँ साधारणसभा सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका–८, पृथ्वीबस्तीमा रहेको पराशन बहुमुखि सहकारी संस्था लिमिटेडको २१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    शुक्रबार संस्थाका जेष्ठ नागरिक शेयर सदस्य झम्कनाथ सुवेदीको प्रमुख आतिथ्यमा पानसमा बत्ति बालेर उद्घाटन गरिएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएका हो ।

    Article inline ad #1
  • संस्थाका अध्यक्ष हरिशचन्द्र अधिकारीको सभाध्यक्षमा भएको कार्यक्रमको बिशिष्ट अतिथीमा पुनर्वास नगरपालिकाका निर्वतमान मेयर जिवनराज थापा, पुनर्वास–८ का वडाध्यक्ष राना श्रवण,दुग्ध सहकारी संघका केन्द्रिय सञ्चालक सदस्य भरत बिष्ट, बचत तथा ऋण सहकारीका सुदुरपश्चिम लेखा संयोजक डिल्ली प्रसाद शर्मा, कञ्चनपुर सहकारी संघ उपाध्यक्ष दानबहादुर रावल आसिन रहनुभएको थियो भने विभिन्न व्यक्तित्वहरुको आतिथ्यता रहको थियो ।

    Article inline ad #2

    सारधारणसभाको लेखा प्रतिवेदनमा ५ करोड ५१ हजार ६ सय २४ रूपैयाँ बराबरको आयव्यय सार्वजनिक गरिएको छ । कार्यक्रममा सहभागी वक्ताहरुले सहकारीले बैँकले गर्ने सम्पूर्ण बित्तिय काम गरिरहेकाले अबको आधुनिक युगमा सहकारीलाई पनि प्रबिधि मैत्री बनाउदै लैजानु पर्नेमा जोड दिनुभएको थियो ।

    पराशन सहकारी सँस्थामा पुनर्वासको वार्ड नं. ७, ८ र ९ वडाका सेयर सदस्यहरु रहेका छन । संस्थाको सञ्चालक सदस्य रामसिँह साउँदको स्वागत मन्तव्यसँगै सुरु गरिएको कार्यक्रमलाई व्यवस्थापक बुद्धिबहादुर कटुवालले गर्नुभएको थियो ।Open photo

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button