Above Article Ad
  • पुनर्वासमा बालश्रम निवारण सम्बन्धी चेतनामुलक मनोपरामर्श तथा शैक्षिक विकास सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास- कञ्चनपुरको पुनर्वास नगरपालिकामा बालश्रम निवारण सम्बन्धी चेतनामुलक मनोपरामर्श तथा शैक्षिक विकास सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
    बुधबार नमुना समाज नेपालको आयोजना तथा पुनर्वास नगरपालिकाको समन्वयमा नगरपालिकाको सभाहलमा भएको एक दिने बालश्रम निवारण सम्बन्धी चेतनामुलक मनोपरामर्श तथा शैक्षिक विकास सम्बन्धी गोष्ठी सम्पन्न भएको हो ।
    कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले बालश्रम न्युनिकरणका सवालमा सरकार पक्ष नै कमजोर देखिएको बताए ।

    बालश्रम न्युनिकरण गर्ने निति भएपनि घरायसी आर्थिक विपन्नता नै बालश्रमको मुख्य कारण भएको तर्क दिए ।
    अहिले पनि प्रायः ईट्टा उद्योग, होटलहरुमा बालबालिकाहरुलाई प्रयोगमा ल्याएको देखिने गरेको र यसको समाधानका लागि नगरपालिकाबाट पनि विभिन्न सिपमुलक कार्यक्रम गरि बालश्रम मुक्त नगर घोषणा गर्ने सोच रहेको उनको भनाई छ ।

    Article inline ad #1
  • त्यस्तै नमुना समाज नेपालकी अध्यक्ष हरिना भट्टले बालश्रम मुक्त अभियानका क्रममा आफ्नो संस्थाले स्थानिय तहहरुसँग कार्यक्रम गर्दै आएको बताईन ।
    कञ्चनपुरको पुनर्वास, भिमदत्त, दोधाराचाँदनी र कृष्णपुर नगरपालिकामा बालश्रम सम्बन्धी चेतनामुलक तथा मनोपरामर्श कार्यक्रम गर्दै आएका छौ ।, बालश्रमको मुख्य कारण खोजी त्यसको अन्त्य गर्ने हाम्रो उद्धेश्य हो । उनले भने, आगामी दिनमा प्रत्यक्ष श्रमिकहरुसँगै कार्यक्रम गर्छौ ।

    Article inline ad #2

    पुनर्वास नगरपालिकाका जनप्रतिनिधिहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरु र पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा शिक्षाविद तथा विज्ञ ललित सिँह साउँदले प्रशिक्षण दिए कार्यक्रमलाई सहजीकरण संस्थाका सदस्य लोकेन्द्र जोशीले गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button