
पुनर्वास-८ मा पार्टीले नपत्याएका श्रवण स्वतन्त्रबाट दोब्बर मतले प्यानल सहित विजयी
हरिलाल जोशी
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-८ मा नेपाली काङ्ग्रेस पार्टीले नपत्याएका राना श्रवणलाई जनताले पत्याएका छन् ।
आईतबार बिहान २ हजार १४ मत गणना गर्दा स्वतन्त्रबाट उम्मेदवारी दिएका रानाले ८ सय १८ मत ल्याएका छन् । भने उनलाई नेपाली काङ्ग्रेसका उम्मेदवार परी रावलले ४ सय ५८ मत ल्याउदै पछ्याईरहेका थिए ।
उनीसँग स्वतन्त्रबाटै उम्मेदवारी दिएका सदस्यहरुले पनि दोब्बर मतका साथ विजयी भएका छन् । महिला सदस्यमा देवी कार्कीले ६३२ मत, दलित महिला सदस्यमा लक्ष्मी सुनारले ६७१ मत, खुल्ला सदस्यमा दिपेश मल्लले ६६४ र अर्का सदस्यमा दुलेराम रानाले ६१३ मत ल्याउदै विजयी भए । २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसका निर्वाचित वडाध्यक्ष राना अहिले स्वतन्त्रबाट “गुलाब” को फुल चिन्हबाट चुनाव लडेका हुन् ।
सो वडामा नेपाली काङ्ग्रेसका मेयर पदका उम्मेदवार तोयाप्रसाद शर्माले ९३५ मत र काङ्ग्रेसकै उपमेयरकी उम्मेदवार भुलिया रानाले ७१० मत प्राप्त गर्दै अग्र स्थानमा पुगेका छन् ।
२ हजार १२ जना मतदाता रहेको वडामा २ हजार १४ जनाले मतदान गरेको भेटिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।