Above Article Ad
  • पुनर्वास नगरपालिकाले गरेको सम्मान पत्रकार बस्नेतले अस्विकार गर्नुको यस्तो छ कारण ?

    Above Article Content Ad
  • पुनर्वास  – पत्रकारलाई प्रभावमा पार्न जनप्रतिनिधिहरुले बिगत देखिनै प्रयोग गर्दै आएको ब्रम्हाअश्त्रका रुपमा सम्मानलाई लिएको भन्दै कञ्चनपुरका पत्रकार दीपेन्द्र बस्नेतले सम्मानलाई अस्विकार गरेका छन् ।

    कञ्चनपुरको पुनर्वासबाट प्रकाशित नागरिक आवाज साप्ताहिक पत्रीकाका सम्पादक बस्नेतले शनिवार सामाजिक संजाल फेसबुकमा लेख्दै पुनर्वास नगरपालिकाले पत्रकार र संचार माध्यमलाई आफ्नो प्रभावमा पार्न गरेको सम्मान बहिस्कार गरेको घोषणा गरेका हुन ।
    सम्मानका नाउँमा पत्रकार र संचार गृहलाई आफ्नो प्रभावमा पार्ने पुनर्वास नगरपालिकाको हर्कत प्रति आपत्ति जनाउदै पत्रकार बस्नेत लेख्छन – सम्मान , कुनै विद्या वा क्षेत्रमा विशिष्ट योगदान पुगाएको ब्यक्तिलाई गरिनु पर्ने हो तर यसको सामान्य अर्थनै नबुझी पुनर्वास नगरपालिकाले सम्मानको नै अपमान गरेको छ ।
    पत्रकार बस्नेत लेख्छन “पत्रकारहरुको एउटा हुललाई सम्मान गर्ने पुनर्वास नगरपालिकाको सुचीमा मेरो नाम समेत समावेश गरिएको जानकारी पाए । जब कि मैले संचार क्षेत्रमा कुनै विशिष्ट योगदान नै नगरेको बुझ्दा बुझ्दै उक्त सम्मान स्विकार नगर्ने निधो गरेको छु ।
    उनले सामाजिक सञ्चालमा लेखेका छन “पत्रकारलाई प्रभावमा पार्न जनप्रतिनिधिहरुले बिगत देखिनै प्रयोग गर्दै आएको ब्रम्हाअश्त्र ” सम्मान ” को निरन्तरता पुनर्वास नगरपालिकाको नयाँ नेतृत्वले समेत गर्नु खेद जनक हो । ”
    निर्वाचन पछि अहिलेसम्मको कार्यकालमा नगरपालिकाले गरेका निर्णय , कार्यक्रम सम्म सार्वजनिक गर्न नसक्ने जनप्रतिनिधिहरुले पत्रकारलाई सम्मान गरेर नगरपालिका मिडिया मैत्री बन्यो भन्नू दुर्भाग्यपूर्ण हो ।
    पत्रकारलाई प्रभावमा राख्न बेला बखतमा गरिने सम्मान ग्रहण गर्नु पत्रकार आचारसंहितामा बिपरित भएकाले पनि पुनर्वास नगरपालिका मलाई गरेको सम्मान बहिस्कार गरेको घोषणा गर्दछु ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button