Above Article Ad
  • एमाले कुनै एक सम्प्रदायको मात्रै पार्टी नभई जनताको पार्टी होः ईन्चार्ज भट्ट

    Above Article Content Ad
  • पुनर्वास– नेपाल कम्युनिष्ट पार्टी एमाले कुनै एक सम्प्रदायको मात्रै राजनिति गर्ने पार्टी नभई जनताका पिर मर्का बुझ्ने जनताको पार्टी भएको बताउनुभयो ।

    बुधबार पुनर्वास–२, शहिद भवनको सभाहलमा आयोजित नेकपा एमालेको नगर स्तरीय अगुवा कार्यकर्ता भेलामा सुदुरपश्चिम ईन्चार्ज तथा केन्द्रिय कमिटी सचिव लेखराज भट्टले सो कुरा बताउनुभएको हो ।

    Article inline ad #1
  •  

    Article inline ad #2
  • “जातिय, भेगीय, क्षेत्रीय वर्गीकरण गर्ने तरिकाको सोच कदापी कम्युनिस्ट पार्टीले राख्दैन, पार्टीले सबैको मुल्यांकन गर्छ ।” उहाँले भन्नुभयो ,“अहिले हाम्रा एजेन्डा सहित जनताको माझ जाने समय हो । यो क्षेत्र एमालेको लाल किल्ला भएको र यसको संरक्षण गर्ने प्रयास हामी सबैको हुन्छ ।”

     

    ईन्चार्ज भट्टले पार्टी भित्र एकता नभए सफलता नहुने हुँदा सम्पूर्ण नेता कार्यकर्तालाई चुनावी माहोलमा सहभागी बनी पार्टीलाई सफल बनाउन अनुरोध गर्नुभएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button