Above Article Ad
  • लालभाडी युवा क्लब–११ को नबौं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुन: बोहरा

    Above Article Content Ad
  • केशब भट्टराई

    पुनर्वास– शनिबार लालभाडी युवा क्लब–११ को नबौं बार्षिक साधारण सभा तथा पाँचौ अधिबेशन सम्पन्न भएको छ ।

    Article inline ad #1
  • अधिबेशनबाट क्लबको अध्यक्षतामा पुन: कासिराम बोहरालाई दोहोर्याउँदै नयाँ कार्यसमिती गठन भएको हो ।

    Article inline ad #2

    क्लबको नबनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा दिपेन्द्र कुँवर, उपाध्यक्षमा नगेन्द्र कुमार श्रेष्ठ र छेमानन्द राना निर्वाचित हुनु भएको छ । त्यस्तै महासचिवमा हर्क दानपाली, सचिबमा अमित बि.क. र कोषाध्यक्षमा बल बहादुर साउँद निर्वाचित भए भने सदस्यहरुमा साहुकार राना, मान बहादुर थापा, गगन सिह धामी, चक्र बिष्ट र पदम थापा निर्वाचित भएका हुन् । आर्थिक बर्ष २०७८/७९ को आय ब्याय प्रस्तुति संगै अबका दिनमा गर्ने कामको कार्ययोजना समेत प्रस्तुत गरिएको थियो । अर्थिक बर्ष २०७८/७९ मा २ लाख ९९ हजार चार सयको आयब्याय समेत प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा पुर्व खेलाडी सहित क्लबमा आबद्ध रहेको बेला आफ्नो ज्यानको आहुती दिने सदस्यहरुलाई मरोप्रणान्त सम्मान समेत गरिएको थियो। क्लबले मरोप्रणान्त सम्मानबाट तत्कालीन उपाध्यक्ष स्वर्गीय राजेन्द्र सिह पेला, तत्कालीन सल्लाहकार सदस्यहरु स्वर्गीय बिष्णु बहादुर दानपाली र मोहन गुरुङलाई सम्मान गरेको छ। यस्तै क्लबले पुर्ब खेलाडीहरु रमेस मल्ल, शेरबहादुर रोकाया र रामकिसन रानालाई सम्मान गरेको छ।

    अधिबेशनबाट आएको नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि तोया प्रसाद शर्माले क्ल्बको प्रगतिको कामना व्यक्त गरेका थिए । क्लबको मागलाइ नगरले सम्बोधन गर्ने प्रती र आगामी दिनमा नगरबाट गर्न सक्ने सहयोगका लागि आफू सदैब तत्पर रहेको बताए ।

    त्यसैगरी क्लबका अध्यक्ष कासिराम बोहराले कोरोना कहरका कारण खेल आयोजना गर्न असमर्थ भयौँ, अब माथी उठदै खेलकुदका कार्यक्रमलाई निरन्तरता दिने बताए । जनप्रतिनिधि, खेलाडी, पत्रकार लगायत स्थानीयहरुको उपस्थिति रहेको कार्यक्रमलाई सञ्चालन नारद खडकाले गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by