Above Article Ad
  • कैलालीका प्रहरी सहायक हवल्दार महरा रसुवामा अस्ताए, गोदावरीमा अन्त्येष्टि

    Above Article Content Ad
  • धनगढी -रसुुवा बाढीमा बेपत्ता भएका कैलाली घर भएका एक जना प्रहरीको कुुशको शव बनाएर अन्त्येष्टि गरिएको छ ।

    गोदावरी नगरपालिका–४ बासकोटाका प्रहरी सहायक हवलदार ३० वर्षीया हिक्मत महराको शनिबार कुशको शव बनाएर गोदावरी आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

    Article inline ad #1
  • १० भदौमा भोटेकोशी बाढीमा परेर बेपत्ता भएका महराको लामो समयसम्म खोजी गर्दा समेत फेला नपरेपछि आशा मार्दै परिवारले अन्त्येष्टि गरेको हो । महरासँगै कार्यरत रहेका अन्य आठ जना प्रहरी समेत बाढीमा बेपत्ता भएका थिए ।

    Article inline ad #2

    महराका श्रीमती, एक छोरा र एक छोरी छन् । पुख्र्यौली घर बैतडीको दोगडाकेदार भएका महराको परिवारले बाढीमा बेपत्ता भएदेखि नै उनको खोजी गरेको थियोे । तर, अहिलेसम्म अवस्थाबारे यकिन नभएपछि अन्त्येष्टि गर्ने निर्णय लिइएको हो ।

    महरासँगै रसुवामा कार्यरत सुदूरपश्चिम घर भएका आधा दर्जन बढि सुरक्षाकर्मी बेपत्ता भएका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6