
डोटीमा चट्याङ लागेर दुई बालक घाइते
Above Article Content Ad
डोटी-डोटीको बडिकेदार गाउँपालिका–२ सडेखानमास्थित एक घरमा चट्याङ पर्दा दुई बालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार स्थानीय घन्सराम लामिछानेको तीन कोठे एकतले कच्ची घरमा चट्याङ पर्दा उहाँका ७ वर्षीय नाती दीपेश पुन मगर र छिमेकी शेरबहादुर लामिछाने मगरका १३ वर्षीय छोरा गोकुल लामिछाने मगर घाइते भएका हुन्।
Article inline ad #1
चट्याङका कारण दीपेश केही समय बेहोस भएका थिए भने गोकुलको पिठ्युमा चट्याङको झिल्का लागेको प्रहरीले जनाएको छ। घाइते दुवै बालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
Article inline ad #2
चट्याङले घरमा जडान गरिएको विद्युतीय मिटर बक्स जलेको तथा घरका भित्ताहरू चर्किएको प्रहरीको भनाइ छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























