Above Article Ad
  • पुनर्वासमा कार्यपालिकाको पहिलो बैठकबाट कृषकलाई समेटदै ६ निर्णय

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिकामा कार्यपालिकाको पहिलो बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

    शनिबार नगरपालिकाको सभाहलमा बसेको पहिलो कार्यपालिका बैठकले कृषकलाई समेट्दै ६ महत्वपुर्ण निर्णय गरेको हो ।

    Article inline ad #1
  • कार्यपालिकाको निर्णय १ मा आर्थिक वर्ष २०७९/०८० को वार्षिक योजना तथा कार्यक्रम वडा कार्यालयको समितिबाट जेठ ३० गते भित्र स्वीकृति गरी कार्यपालिकामा पेश गर्ने, त्यस्तै निर्णय २ मा आगामी आर्थिक वर्षबाट मालपोत र एकीकृत सम्पत्ति कर वडाले बुझ्ने निर्णय कार्यपालिकामा पेश गर्ने,
    निर्णय ३ मा वडा कार्यालयबाट प्रवाह हुने सम्पुर्ण सेवा सर्वसुलभ बनाउने व्यवस्था मिलाउने , निर्णय ४ मा बोर्डर किनार र बाढी लाग्ने जमिनको तथ्यांक लिने, निर्णय ५ मा पुनर्वास न.पा. ५ मा रहेकाे गाैरी शँकर माध्यािक विद्यालयलाई शैक्षिक सत्र यसै वर्ष देखी कक्षा ९ मा बाली बिज्ञान (कृषी) बिषयकाे प्राबिधिक तर्फकाे अध्यापन गराउन अनुमति दिने,
    त्यसैगरी शनिदेव निर्माण कम्पनीलाई २०७९ असोज मसान्त भित्र निर्माण कार्य सम्पन्न गर्न म्याद थप गर्ने अन्तिम निर्णय गर्दै बैठक सम्पन्न भएको नगर प्रमुख तोयप्रसाद शर्माले जानकारी दिए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by