Above Article Ad
  • पुनर्वास–१० मा धुमधामले मनाईयो माघी मिलन कार्यक्रम

    Above Article Content Ad
  • Open photo पुनर्वास– “थारू पहिरन थारूनके पहिचान, खोजिकर्ता हमार अभियान” भन्ने मूल नारा सहित धुमधामले माघी मिलन कार्यक्रम मनाईएको छ ।

    शुक्रबार पुनर्वास नगरपालिका–१० वडा कार्यालयको आयोजनामा अलंकार आधारभुत बिधालय नजिकैको आम बगैचामा धुमधामले माघी मिलन कार्यक्रम मनाईएको हो ।

    Article inline ad #1
  • वडाध्यक्ष सुकदेव रानाको सभापतित्व तथा नेपाल सरकारका पुर्व खानेपानी मन्त्री बिना मगरको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रमको बिशिष्ट अतिथिमा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोया प्रसाद शर्मा र उप प्रमुख भुलिया कुमारी राना रहनुभएको थियो । भने अतिथीमा विभिन्न व्यक्तित्वहरुको आतिथ्य रहेको थियो ।

    Article inline ad #2

    माघिको शुभकामना दिंदै पुर्व खानेपानी मन्त्री एबं नेकपा माओवादी केन्द्रकी नेतृ बिना मगरले सो माघी मिलन कार्यक्रमले थारू समुदायको संस्कृति र परम्परालाई जोगाउनमा टेवा पुगेको बताउनुभयो । नयाँ बर्ष र नयाँ जिवनको सुरुवातको रूपमा यो माघि पर्वले महत्वपूर्ण सन्देश दिनेगर्छ र माघि मिलन कार्यक्रमले कला संस्कृतिलाई अझ सशक्त रूपमा कायम राख्दै सामाजिक सदभावलाई बलियो बनाउने कुरालार्ई पुर्व मन्त्री मगरले जोड दिनुभयो । Open photo

    कार्यक्रममा नगरप्रमुख तोया प्रसाद शर्माले थारू समुदायको महत्त्वपूर्ण बार्षिक चाड माघीलाई एकआपसमा खुसियाली , उमङ्ग छाउने तथा एकआपसमा सद्भाव भाईचाराको भावनात्मक सम्बन्धलाई बलियो बनाउने पर्वको रूपमा लिएको बताउनुभयो

    त्यस्तै नगर उपप्रमुख भुलिया कुमारी रानाले माघी मिलन कार्यक्रममा शुभकामना व्यक्त गर्दै पुनर्वास नगरपालिका विभिन्न जातजाति बसोबास गर्ने क्षेत्रको रूपमा पहिचान बोकेको नगरपालिका हो । बर्षैभरी विभिन्न जातजातिले फरकफरक संस्कारमा पर्व मनाउने गरिन्छ र यसै कारणले सिङ्गो पुनर्वासको पहिचान बोकेको बताउनुभयो । संस्कृति मनाउन पनि आवस्यक नै छ त्यसको साथसाथै थारू समुदायका बालबालिकालाई शिक्षामा पनि जोड दिनुपर्ने उप प्रमुख रानाको भनाई थियो ।

    सो अवसरमा राना तथा चौधरी पोषाकमा सजिएका युवायुवतीले थारू संस्कृति झल्काउने खालको नृत्य प्रस्तुत गरेका थिए भने अतिथिहरूलाई स्वागतमा थारू समुदायका पकवानहरू समेत पेश गरिएको थियोे । निकै उत्साह किसिमको भिडभाड देखिएको कार्यक्रमको सञ्चालन वडा सचिव कृष्णप्रसाद बडुले गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by