पुनर्वासमा काष्ठ फर्निचर,वर्कसप,ग्रिल सटर,लेथ मेसिनको संयुक्त समिति गठन, अध्यक्षमा तारा अर्याल
Above Article Content Ad
पुनर्वास- कञ्चनपुरको पुनर्वास नगरपालिका भित्रका काष्ठ फर्निचर,वर्कसप,ग्रिल सटर,लेथ मेसिनको संयुक्त समिति गठन भएको छ ।
शनिबार आईबीआरडीमा भएको व्यवसायीहरुको भेलाले तारा अर्याललाई सर्व सम्मत समितिको अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा शुक लामा तामाङ, सचिवमा दिनेश बिश्वकर्मा,कोषाध्यक्षमा विरबहादुर तामाङ चयन भए ।
त्यस्तै सदस्यहरुमा मेखबहादुर बिश्वकर्मा, रामबहादुर तामाङ, बासुदेव पाण्डे, सुभाष बि.क. र रविन्द्र कुमार नकर्मी भेलाबाट चयन भएका थिए ।
व्यवसायिक रुपमा सञ्चालन भएका फर्निचर, वर्कसप,ग्रिल सटर,लेथ मेसिन व्यवसायमा परेको समस्याका विषय र कुनैपनि उधोग व्यवसायमा आवद्ध नरही घरघरमै आएर मर्मत सम्भार गर्ने कालिगढहरुलाई रोक्ने जस्ता गतिविधिमा समितिको अहम भुमिका रहने अध्यक्ष तारा अर्यालले जानकारी दिए ।
कार्यक्रममा उधोग वाणिज्य संघ पुनर्वासका अध्यक्ष राजकुमार रायमाझी लगायत व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad