Above Article Ad
  • पुनर्वासमा सशस्त्र प्रहरीद्वारा भारतीय ब्रोईलर कुखुरा नियन्त्रण

    Above Article Content Ad
  • पुनर्वास– नेपाल सरकारबाट प्रतिबन्धित ब्रोईलर कुखुरा भारतीय बजार मिलन बजारबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा बरामद गरेको छ ।
    बुधबार दिउँसो कञ्चनपुरको पुनर्वास नगरपालिका–४, सीमा नाकाबाट सशस्त्र प्रहरी बल बिओपी पुनर्वासबाट सशस्त्र प्रहरी नायब निरिक्षक जनकराज पन्तको कमाण्डमा खटिएको टोलीले सीमा नाकाबाट भित्र्याउँदै गरेको अवस्थामा ९० केजी कुखुरा बरामद गरेको हो ।
    सशस्त्र प्रहरीको टोलीलाई देखेपछि कुखुरा छाडेर तस्कर फरार रहेको बिओपी पुनर्वासका सशस्त्र प्रहरी निरिक्षक प्रिन्स कुमार चन्दले जानकारी दिए ।

    सशस्त्र प्रहरी निरिक्षक चन्दले मानव स्वास्थ्यसँग प्रत्यक्ष असर गर्ने कुखुरा,अण्डा,पेयपदार्थ लगायतका अवैध मालसामान नियन्त्रण गर्न आफ्नो टिम कटिबद्ध भई लागेको बताए ।

    Article inline ad #1
  • बरामद गरिएको कुखुरा पशु सेवा शाखाका प्रतिनिधि, स्थानीय र पत्रकारहरुको रहोबरमा साँझ कार्यालय परिसरमा नष्ट गरिएको थियो ।

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by