Above Article Ad
  • अनिवार्य र निशुल्क शिक्षा लागू गर्न माग गर्दै रास्वपा पुनर्वासले गर्‍यो पुनर्वास नगरपालिकाको ध्यानाकर्षण

    Above Article Content Ad
  • पुनर्वास :  पुनर्वासको सामुदायिक विद्यालयमा अनिवार्य र निशुल्क शिक्षा लागू गर्ने माग गर्दै राष्टिय स्वतन्त्र पार्टी पुनर्वासले पुनर्वास नगरपालिकाको ध्यानाकर्षण गराएको छ । नेपालको संविधान प्रदत्त बालबालिकाका मौलिक हक अनुसार सामुदायिक विद्यालयमा कक्षा ८ सम्म निशुल्क र अनिवार्य तथा कक्षा ९ देखि १२ सम्म निशुल्क शिक्षा पाउने व्यवस्था शिक्षा ऐनले गरेको छ । अनिवार्य र निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ अनुसार निःशुल्क शिक्षा भन्नाले विद्यार्थी वा अभिभावकबाट कुनै पनि शीर्षकमा कुनै शुल्क नलिई विद्यालयले प्रदान गर्ने शिक्षाको व्यवस्था गरेको छ ।

    यस बिषयलाई लिएर रास्वपा पुनर्वासले निशुल्क शिक्षा नारा मात्रैमा सिमित रहेको तर जनताले व्यवहारमा अनुभूती गर्न नपाएको भन्दै सोमबार पालिकाको ध्यानाकर्षण गरेको छ । सामुदायिक विद्यालयमा शिक्षा लिन अहिले पनि विभिन्न बाहाना अभिभावकबाट चन्दा सहयोगको नाममा रकम असुल गर्ने गरिएको रास्वपा पुनर्वासका सभापति सुरेश गजुरेलले बताउनुभयो । सामुदायिक विद्यालय गई शिक्षा हासिल गर्न पूर्णरुपमा निशुल्क छ । यसमा कुनै शुल्क तिर्नु पर्दैन् । विद्यालय विकासको लागि यदि कुनै संस्था, व्यक्ति वा अभिभावकले स्वऐच्छिक रुपमा चन्दा, सहयोग दिन सक्छ भने त्यसलाई विद्यालयले स्वीकार गर्न सक्छ । तर यसको अर्थ बालबालिकाले विद्यालयमा आई पठन पाठन गरे बापत विभिन्न शिर्षकद्धारा शुल्क लिन पाईन्छ भन्ने होईन् । विद्यालयले चन्दा, सहयोग (पैसा) नपाए सम्म बालबालिकालाई भर्ना नगरिदिने, परीक्षामा रोकिदिने, सर्टिफिकेट वा मार्कसिट रोकिदिने जस्तो कार्य गरिरहेका भन्ने जन गुनासो व्यापक आएकाले यसलाई राज्यले तत्काल समधान गर्नुपर्नेमा सभापति गजुरेलले जोड दिनुभयो । सामुदायिक विद्यालयले शुल्क लिन नपाईने हो ।

    Article inline ad #1
  • यसलाई रोक्न पालिकाले कोशिस गरेको पनि हो तर शिक्षक दरबन्दीको अभावका कारण यो समस्या आएको र यसकालागि मन्त्रालयमा बारम्बार समन्वय गर्दा पनि समस्या समधान हुन नसकेको पुनर्वास नगरपालिकाको नगर प्रमुख तोय प्रसाद शर्माले बताउनुभयो । आर्थिक समस्याकै कारण विद्यालयमा विद्यार्थीलाई भर्ना हुन नपाउने अवस्था हुदैन् । हुनेले सहयोग गर्लान, नहुनेले निशुल्क अध्ययन गर्न पाउछ, त्यस्तो कुनै गुनासो दिखियो भने हामीलाई जानकारी गराउनु होला भन्दै त्यस्ता समस्यको तत्काल सुनुवाई गर्ने नगर प्रमुख शर्माले बताउनुभयो । चन्दा सहयोग अनिर्वाय हैन् , यो स्वेऐच्छिक सहयोग भएकाले चन्दा वा सहयोग नदिए पनि पढ्न पाउने ब्यवस्था रहेको र यस बिषयमा तत्कालै सबै बिद्यालयहरुलाई परिपत्र जारी गर्ने पालिकाका शिक्षा शाखा प्रमुख शिवराज भट्टले बताए । निशुल्क शिक्षालाई कार्यान्वयन गर्न रास्वपा पुनर्वासले शुन्य सहनशीलताका साथ पीडित पक्षमा रहने र रास्वपाको वटम लाईन रहेको सभापति गजुरेलले बताउनुभयो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button