
“अराजकता फैलाएर समाज रुपान्तरण भएको कहिँ छैन”-दलित नेता भारमल सुनार
हार्दिक अभिवादन तथा नमस्कार 🙏
केहि थान दलित अगुवा, अभियन्ता भनेर आफूलाई सुपरपावर ठान्ने दलित समुदायको हक अधिकारको सारा जिम्मेवारी मेरै काधमा छ भनेर आफुलाई दलितको मसहिया सम्झिनेहरुलाई आज संविधान र कानुन विरुद्ध बोल्न पनि छुट, समाजमा जातीय सम्प्रदायलाई भड्काउन पनि छुट, जसका विरुद्ध पनि अनर्गल कुप्रचार गर्न पनि छुट, चन्दा असुली, लुटपाट गर्न पनि छुट, मिलेर बसेका समाजमा जातीयताका नाममा अराजकता फैलाउन पनि छुट, दलित समुदाय नेपालमा पिसिएको दलिएको दबिएको छ ।
दलितका नाममा बाहिर राजा महाराजाको शैलीमा, बिचरा भारतको गल्ली गल्लीमा डन्डा हानेर आधा रातमै उठेर मालिकका गाडीघोडा धोएर हातमा ठेला पारेर आफू खाई नखाई जम्मा गरेको पैसा आफ्नो बालबच्चा घरपरिवारको पालन पोसण गर्नभनी छुट्टयाइएकोमा आफ्नो बिलासिताको लागि लुटपाट मच्चाउन पनि छुट समाजमा, नचाइने नहुने कुराहरु को भ्रम शृजना गरि जातीय साम्प्रदायिक दङ्गा फैलाउने जस्ता गैर संबैधानिक अराजनीतिक क्रियाकलाप गर्न पनि छुट, नेपालका सबै राजनीतिक दल र तिनका जनवर्गीय संघसंगठनकालाई गाली बेइज्जती गर्न छुट, सबै नेताकार्यकर्ता, नेपालको राज्य प्रशासन, अदालत, प्रहरी, मिडिया, नागरिक समाज, बुद्धिजीवी, सबैलाई, शोषक सामन्ती देख्ने र उत्पीडित समुदायका पक्षमा निरन्तर आफ्नो आवाज उठाउने वकालत गर्ने विभिन्न संघसंगठनका अगुवा नेता, बुद्धिजीवी, पत्रकार, सबै पार्टीका झोले देख्ने र आफू बाहेक कोइ छैन । जे गर्छु मै गर्छु भन्ने उद्देश्यले समाजमा अराजकता मच्चाएर हिडिरहेको पनि आज तिनै उत्पीडित जाति समुदायको त्याग, बलिदान, शाहद्तले र यिनै राजनीतिक दलको विभिन्न समयको समाज रुपान्तरणका लागी गरेको संघर्ष र बलिदानले ल्याएको व्यवस्थामा आज बोल्न पाएको हो भनेर हेक्का राख्नु होला ।
यो व्यवस्था ल्याएर आज यसरी समाज र व्यवस्थाका विरुद्ध धावा बोल्ने अधिकारका लागि नेपालका राजनीतिक दल र तिनका नेताकार्यकर्ता हरुको जेल जिबन, कष्टपुर्ण यात्रा र ठुलो बलिदानले आजको व्यवस्था आएको हो, जुल्फी हल्लाउँदै, राजा महाराजाको सैलीमा बिलासिताका साथ जीवन बिताएर अनावश्यक भ्रम शृजना गरेर सानो बलिदानले यो व्यवस्था ल्याएको होइन ।
आफ्नो घरपरिवार तहसनहस गरेर, विभिन्न यातना भोगेर, आफ्नो व्यक्तिगत जीवन लाई तिलान्जली दिएर ठूलो त्याग र बलिदान ले आजको व्यवस्था ल्याएको हो, आज जति भुक्दै हिनुरनु भाछ, यदि अहिलेका राजनीतिक दल र तिनका नेताकार्यकर्ता तपाईकै भाषामा भन्नेहो भने पार्टीका झोलेहरु ले समय समयमा माथी उल्लेख गरेअनुसारका त्याग बलिदान र हैरानी नखेपेको भए ठाउँका ठाउँ अहिले सम्म छातीमा सामन्तीको गोलि चल्थ्यो यो कुरा पनि अहिलेका कथित दलित अधिकारकर्मी हरु लाई हेक्का रहोस् ।
हो जति पिडा यो समाज मा उत्पीडित दलित समुदायले भोगेका छन तेति अरु समुदायका व्यक्तिहरुले भोगेका छैनन् ।जति हक अधिकार र राज्यका सबै ठाउँमा उत्पीडित दलित समुदायको प्रतिनिधित्व हुनुपर्ने हो त्यो भएको छैन र पुगेको पनि छैन । तर यो होईन कि समाजका सबै चिज गलत, राज्य सयन्त्र गलत, राजनीतिक दल गलत , नेताकार्यकर्ता सबै पार्टीका झोले हुने र कथित दलित अधिकारकर्मी सर्वेसर्वा हुने कुरा किमार्थ स्विकार्न सकिदैन, यो व्यवस्थाका थुप्रै संरचनामा सुधार ल्याउनु पर्ने, राजनीतिक दल र तिनका नेताकार्यकर्ता सच्चिनुपर्ने , जातीय लगायत कुनै पनि विभेदका कारण मान्छे नै मारिने कुरा मानवअधिकार विरुद्ध र कुनै पनि कानुनी राज्यमा सह्य हुने कुरा होईन र त्यसका अबैध गतिविधि तथा हत्याहिंसाका विरुद्ध कानुनी उपचार खोजिनु पर्ने पीडित लाई न्याय दिलाउनु पर्ने, घटनाको सत्यतथ्य छानबिन गरि पीडित लाई क्षतिपूर्ति दिनुपर्ने कुरा ठिक छ।
समाजमा कुनै पनि अपराध मान्य छैन पनि अपराधीको कुनै जात धर्म हुँदैन पनि, तर हजारौं -हजार उत्पीडित, दलित, महिला,सर्वहारा, श्रमजीवी वर्ग, मजदुर, किसान लगायतका सम्पुर्ण देशभक्त परिवर्तनकारी आम जनसमुदायको त्याग तपस्या र बलिदानले ठुला ठुला राजनीतिक संघर्षको जगमा भएको जनआन्दोलन, जनयुद्धको बलमा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा कसैले उचालेको भरमा, देशीविदेशी दलालहरुको जुठो खाएर समाजमा फैलाउदै गरेको अराजकता, निराशा खेदजनक छ।
समाजमा सुत्केरी हुन नसकेर ज्यान गयो दलित भएर मर्यो, केहि दुर्घटना भयो दलित भएर भयो, बिजुलीमा करेन्ट लागेर ज्यान गयो दलित भएर मार्यो, छाउगोठ्मा ज्यान गयो दलित भएर गयो, बलात्कार भयो दलित भएर भयो भन्ने जस्ता भाष्य शृजना गराएर सामाजिक सद्भावना माथी खलल पुर्याउने, मिलेर बसेको समुदायमा वैमनस्यता खडा गर्ने र समाजमा अराजकता मच्चाउने, व्यवस्था विरुद्ध लाग्न उत्प्रेरित गर्ने, राजनीतिक दल प्रति घृणा उत्पन्न गराउने, आफ्नो उर्जाशिल समय यहीँ समुदायको लागी भने बलिदान गरेका सबै नेताकार्यकर्ता लाई झोले भनेर होच्याउने गाली बेइज्जती गर्ने प्रवृत्ति निकै दु:खद र खेदजनक छ । समाज रुपान्तरण गर्न निश्चित उद्देश्य, लक्ष्य, दृष्टिकोण, चाहिन्छ, राजनीति दर्शन , सिद्धान्त, बिचार,संघसंगठन, स्पष्ट दृष्टिकोण, निति तथा कार्यक्रमको आवश्यकता पर्छ र चाहिन्छ ।
विश्व समाज परिवर्तन र रुपान्तरण यिनै कुराहरुको जगमा ठुला ठुला बलिदान र योगदानले बनाएका इतिहास छन । सबै लाई गाली गरेर, होच्याएर, व्यवस्थाका विरुद्ध, सरकार र राज्यका विरुद्ध धावा बोलेर लुटपाट, चंदा असुली, अराजकता फैलाएर समाज रुपान्तरण भएको कहिँ छैन र कुनै राजनीतिक दलको विकल्प व्यक्त हुन सक्दैन। तेस्का लागि सबै सचेत बनौं, सामाजिक अराजकताका विरुद्ध आवाज उठाउनेकाम गरौं , राज्य वा समाज कुनै पनि पक्षले गर्ने, सामाजिक, राजनीतिक बिभेदका विरुद्ध सशक्त आवाज उठाऔ ।
एक असल नागरिकको परिचय दिउ । यस्ता पपुलिस्टहरु बाट दिगभ्रमित हुन बाट बचौ, यिनिहरुको व्यक्तिगत स्वार्थको रोटी त सेकिएला तर समाजले केहि पाउनेवाला छैन । यत्रो इतिहास बोकेका आफ्नो निश्चित लक्ष्य, उद्देश्य, ध्यय, बिचार, सिद्धान्त, दर्शन, निति तथा कार्यक्रम,संघसंगठन र समाज रुपान्तरण गर्ने निश्चित रूपमा समाज रुपान्तरण गर्ने स्पष्ट दृष्टिकोण बोकेका राजनीतिक दलको अगुवाइमा गरेको संघर्ष र बलिदानले ल्याएको व्यवस्थामा समेत दलित समुदायको यो हालत छ र असन्तुष्ट छौं भने 2-4 जना व्यक्तिहरु आफैले आफैलाई दलित अधिकारकर्मी ,अभियान्ता, कहलाउदैमा न केहि बिचार, न केहि सिद्धान्त, न लक्ष्य , न उदेश्य, न दर्शन, न संघसंगठन, न स्पष्ट कुनै दृष्टिकोण भएका पपुलिस्टहरु वाला बाट केहि हुनेवाला छैन, तसर्थ सिङ्गो उत्पीडित समुदाय एकताको सुत्रमा बधिएर आफ्नो समस्याहरु लाई लिपिबद्ध रूपमा संगठित तरिकाले राखौं आफू संगठित राजनीतिक दल भित्र उत्पीडित समुदायका सबै मुद्दामा बहस छलफल चलाउ, सामाजिक रूपमा हुने सबै खाले विभेदको कानुनीरुपमा राजनीतिक रूपमा सामाजिक रूपमा एकमना एकताका साथ सशक्त प्रतिवाद गरौं समाजिक जनचेतना फैलाउने काम गरौं, शिक्षामा आफ्ना बाबुनानीहरु लाई जोड दिउ, दमन उत्पीडिन र जातीय विभेदका विरुद्ध एक जुट हौओ ।
लोकप्रियताका नाममा हुने सबै खाले अराजकताका विरुद्ध सशक्त प्रतिवाद गरौं, सामाजिक सद्भाव कायम राखौं, आफू एक जिम्मेवार कर्तव्यनिष्ट नेपाली नागरिक भएर आफ्नो परिचय दिउ।
धन्यवाद !!!
लेखक भारमल सुनार मुक्ति समाज नेपाल, सुदुरपश्चिम प्रदेश इन्चार्ज तथा केन्द्रिय सचिवालय सदस्य हुन् ।















