Above Article Ad
  • बेलौरीमा अतिक्रमित संरचना हटाइने

    Above Article Content Ad
  • कञ्चनपुर-कञ्चनपुरको बेलौरी नगरपालिकाले धार्मिक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण बनाइएका अनधिकृत भौतिक संरचनाहरू हटाउने भएको छ।

    नगरपालिकाले वडा नं. ६, रिच्छाहास्थित भुइँया मन्दिरको नाममा दर्ता स्रेस्ता कायम रहेको जग्गामा प्रचलित कानुन विपरीत व्यक्तिगत प्रयोजनका लागि बनाइएका भौतिक संरचनाहरू हटाइने भएका हुन। नगरपालिकाले अनधिकृत संरचना हटाउनका लागि सात दिने समयसीमा दिएको छ।

    Article inline ad #1
  • नगरपालिकाका अनुसार रिच्छाहा (साविक श्रीपुर गाविस–३) स्थित सिट नं. ०२६०८७१, कित्ता नं. २४१ को सरकारी तथा सार्वजनिक लगतमा रहेको मन्दिरको जग्गा स्थानीयले जबरजस्ती भोगचलन गर्दै भौतिक संरचना निर्माण गरिरहेको उजुरी परेपछि नगरपालिकाले कानुनी प्रक्रिया अघि बढाएको थियो

    Article inline ad #2

    सो विवादका सम्बन्धमा नगरपालिकाको न्यायिक समितिले २०८२ पुस १६ गते नै स्थलगत अनुगमन तथा प्राविधिक नापजाँच र रेखाङ्कन गरी मन्दिरको जग्गा अतिक्रमण भएको पुष्टि गरेको थियो। त्यसैगरी, २०८२ चैत २३ गते बसेको नगर कार्यपालिकाको बैठकले समेत अतिक्रमित जग्गा खाली गराउन आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो।

    तोकिएको म्यादभित्र संरचना नहटाइएमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र स्थानीय सुरक्षा निकायको सहयोगमा नगरपालिका आफैँले ती संरचनाहरू भत्काउने चेतावनी दिएको छ। त्यसरी संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च र भएको क्षतिसमेत सम्बन्धित व्यक्तिबाटै सरकारी बाँकी सरह असुलउपर गरिने ब्यहोरा सूचनामा उल्लेख छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6