Above Article Ad
  • शिवशक्ति दुग्ध सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-८, पृथ्वीबस्तीमा अवस्थित शिवशक्ति दुग्ध सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    बिहीबार अलंकार पब्लिक स्कुलको प्राङ्गणमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रमको आयोजना गर्दै संस्थाको १२ औं साधारणसभा सम्पन्न भएको हो ।

    Article inline ad #1
  • सहकारीका अध्यक्ष चक्रप्रसाद ओझाको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रमको बिशिष्ट अतिथीमा निवर्तमान नगर प्रमुख जिवनराज थापा, पुनर्वास-८ का वडाध्यक्ष राना श्रवण, केन्द्रिय दुग्ध संघका सञ्चालक सदस्य भरत बिष्ट, बचत तथा ऋणका सुदुरपश्चिम लेखा संयोजक डिल्ली प्रसाद शर्मा, कंचनपुर जिल्ला बहुउद्देश्यीय संघका उपाध्यक्ष दानबहादुर रावल, पुनर्वास सहकारी विभाग प्रमुख धौलराम सार्की, गौरा सहकारीका अध्यक्ष राजेन्द्र प्रसाद अधिकारी, डिडिसीका दुध संकलन प्रमुख चन्द्रमोहन लेखक, पृथ्वी पशुपालन महिला सहकारी संस्थाकी व्यवस्थापक पुष्पा रोकाया लगायतका व्यक्तिहरु आसिन थिए ।

    Article inline ad #2

    प्रमुख अतिथीको आशनबाट बोल्दै नगर प्रमुख शर्माले सहकारी सफलताको शुभकामना व्यक्त गर्दै सहकारीको व्यवस्थापक, सञ्चालक र शेयर सदस्य जिम्मेवार हुन सके मात्रै सहकारीको प्रगती तर्फ उन्मुख देखिने बताए ।
    उनले कृषकहरुलाई प्रत्यक्ष रुपमा जोडिएका सहकारीलाई नगरबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

    कार्यक्रममा सहकारीका अध्यक्ष ओझाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ७७ लाख १ सय ३० रुपैयाँको आयव्यय प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा सहकारीलाई गुणस्तरीय र बढि दुध उत्पादन गरी उपलब्ध गराउने १० जनालाई दुध बोक्ने क्यान,प्रमाणपत्र र दोसल्लाले सम्मान गरेको थियो । त्यस्तै संस्थालाई विगतका वर्षमा गरेको सहयोग प्रति पुनर्वास नगरपालिकाका निवर्तमान नगर प्रमुख जिवनराज थापालाई दोसल्ला सहित मायाको चिनो र डिडिसीका दुध संकलन प्रमुख चन्द्रमोहन लेखकलाई पनि मायाको चिनो सहित दोसल्लाले सम्मानित गरेको हो ।

    त्यसैगरी संस्थामा बढि बालबचत गर्ने दुई जना बालकलाई समेत सम्मान गरिएको थियो ।

    सहकारी की उपाध्यक्ष गङ्गा केसीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमलाई सञ्चालन व्यवस्थापक पुष्पराज ओझाले गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button