
पुनर्वासमा स्थानीय बिपद् ब्यवस्थापन समितिलाई स्ट्रोङ्ग परियोजनाबारे अभिमुखिकरण
बिपद् जोखिम ब्यवस्थापनमा सवलताका लागि सहकार्य बारे पुनर्बासमा स्थानीय बिपद् ब्यवस्थापन समितिको बैठक तथा परिचयात्मक अभिमुखिकरण गरिएको छ ।
डेनिश रेडक्रसको बित्तिय सहयोग र साझेदारीका सथै नेपाल रेडक्रस सोसाइटी केन्द्र कार्यालयको समन्वयमा नेपाल रेडक्रस सोसाइटी कंचनपुर जिल्ला शाखा मार्फत कार्यक्रम गरिएको हो ।
आजको छलफल बाट स्थानीय आपतकालीन कार्य सन्चालन केन्द्र स्थापाना गर्ने निर्णय भएको पुनर्बास नगरपालिकाका नगर उपप्रमुख भुलिया कुमारी रानाले जानकारी दिनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै पुनर्बास नगरपालिकाका नगर प्रमुख तोया प्रसाद शर्माले बिपद जुनसुकै समयमा आउन सक्ने भएकाले पुर्ब तयारि रहन आवश्यक रहेको बताउनुभयो । उहाँले बिपद ब्यवस्थापन समितिलाई आवश्यक रहेका र बिपदका बेला चाहिन सक्ने सामाग्रीहरु नगरबाट ब्यवस्थापन गर्नेमा प्रतिबद्धता व्यक्त गर्नुभयो।
रेडक्रस कंचनपुरलाई बिशेश धन्यवाद व्यक्त गर्दै परियोजनाले अघि सारेको योजना मुताबिक आफुले गर्नु पर्ने सहयोगका लागि आफू सदैब तत्पर रहेको बताउनुभयो। कार्यक्रममा जनप्रतिनिधि, प्रहरी, रेडक्रसकर्मी, समाजसेबी, राजनीतिक दलका प्रतिनिधि पत्रकार तथा अन्य संघसंस्था र, सरोकारवाला निकाय लगायतको उपस्थिति रहेको थियो । कर्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम अधिकृत बिनायक पौडेल र पालिका सहायक सन्तोष बोहोराले गर्नुभएको थियो।