Above Article Ad
  • पुनर्वासको अमरैयामा हुने ‘हरितालिका तीज विशेष कार्यक्रम २०८२’ को तयारी पूरा

    समुद्घाटन संघीय सांसद तारालामा तामाङको करकमलबाट हुने

    Above Article Content Ad
  • पुनर्वास, ९ भदौ /
    नारीहरुको हर्ष र उमङ्गको पर्व हरितालिका तीजको अवसरमा द फंकी डान्स एण्ड जुम्बा स्टुुडियो पुनर्वास नगरपालिका–३, आई.बी.आर.डी.ले आयोजना गरेको ‘हरितालिका तीज विशेष कार्यक्रम २०८२’ को सबै तयारी पूरा भएको जनाएको छ ।

    भोलि भदौ १० पुनर्वास नगरपालिका–२, अमरैमा हुने उक्त कार्यक्रममा सांगीतिक धमाका मच्याउनका लागि गायक तथा संगीतकार सनम परियार, हाँस्य कलाकार निशान परियार (पाँडे) र उद्घोषिका संगीता बुढालगायतको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

    Article inline ad #1
  • सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्ने द फंकी डान्स एण्ड जुम्बा स्टुुडियोका सञ्चालक तथा कोरियोग्राफर सन्तोष अवस्थीले जिकिर गरे । उनले कार्यक्रममा सम्पूर्ण नेपाली आमा-बुवा, दाजु-भाइ तथा दिदी-बहिनीहरुको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणासमेत गरेको छ ।

    Article inline ad #2

    कार्यक्रम दिउँसो २ बजेदेखि सुचारु हुने र कार्यक्रमको समुद्घाटन संघीय सांसद तारालामा तामाङको करकमलबाट हुने आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by