Above Article Ad
  • सुदूरको चिनारीमै संकट, यसरी महाकालीमा खस्यो दोधाराचाँदनी झोलुङ्गे पुल

    Above Article Content Ad
  • धनगढी-महाकालीमाथि उभिएको सुदूरपश्चिमकै चिनारी बनेको दोधाराचाँदनी झोलुङ्गे पुल बुधबार बिहान एकाएक भत्कियो।

    सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित यो पुलको केही भाग बिहान अचानक अस्वाभाविक रूपमा माथि उठेपछि प्रशासनले तत्काल आवागमन बन्द गरेको थियो। आवागमन रोकिएको केही समयमै पुलको एक स्पान भाँचिएर महाकाली नदीमा खस्यो।

    Article inline ad #1
  • कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार बिहान पुलको करिब ५ देखि ७ मिटर भाग अस्वाभाविक रूपमा माथि उठेको देखिएपछि पुलमा आवागमन रोकिएको थियो। त्यसपछि दोधारातर्फबाट तेस्रो टावरमा क्षति पुगेको र पुलको एक भाग भाँचिएर नदीमा खसेको उनले बताए।

    Article inline ad #2

    ‘पुलमा आठवटा टावर छन्। तीमध्ये दोधारातर्फबाट तेस्रो टावरमा क्षति पुगेको हो,’ सीडीओ कोइरालाले भने, ‘अहिले पुलमा पूर्ण रूपमा आवागमन बन्द गरिएको छ।’

    प्रशासनले पुलमा क्षति पुग्नुको प्रारम्भिक कारण केही दिनअघि आएको ठूलो बाढीलाई मानेको छ। ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि महाकाली नदीमा आएको बाढीको बहाव १ लाख ८० हजार क्युसेकसम्म पुगेको थियो। ‘सोही बाढीका कारण पुलमा क्षति पुगेको हाम्रो प्रारम्भिक अनुमान छ,’ कोइरालाले भने।

    पुलमा क्षति पुगेपछि प्राविधिक टोलीले स्थलगत अध्ययनसमेत गरेको छ। झोलुङ्गे पुलका विज्ञका रूपमा परिचित इन्जिनियर प्रकाश बमसहितको टोलीले पुलको अवस्था निरीक्षण गरेको हो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6