
पुनर्वास ९ मा मानव बेचबिखन नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न
पुनर्वास । पुनर्वास नगरपालिका वार्ड नम्बर ९ मा मानव बेचबिखन नियन्त्रण तथा सामाजिक कुरीति र साइबर क्राईम सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ । सामाजिक विकासमा युवा सक्रियता नेपालको आयोजना र पुनर्वास-९ को वार्ड कार्यालयको सहयोगमा कार्यक्रम भएको हो। वडावासीहरूमा जनचेतना अभिवृद्धि गराउने उद्देश्यले, मानव बेचबिखन नियन्त्रणमा नागरिकको भूमिका सामाजिक कुरीति तथा साइबर क्राईमले पारेको असरबाट जोगाउन यो कार्यक्रम आवश्यक रहेको पुनर्वास-९ का वार्ड अध्यक्ष नर बहादुर बि.क.ले बताए ।
पछिल्लो समय युवापुस्ता, विद्यार्थीहरू सामाजिक सञ्जालमार्फत साइबर क्राईममा फस्दै गएको घटना बढ्दै गएकाले वार्डबासिहरुलाई यश विषयमा जनाकारी होस भनेर कार्यक्रम गरेको उनले बताए ।
कार्यक्रममा सामाजिक विकासमा युवा सक्रियता नेपालका अध्यक्ष गङ्गा बहादुर योन्जनले यस्ता कार्यक्रमबाट स्थानीयहरूले धेरै कुराहरु जान्न र सिक्न सक्ने बताए । पछिल्लो समय सामाजिक कुरीतिका घटना, मानव बेचबिखनका घटना तथा साइबर क्राईमका घटना बढ्दै गएको प्रतीसबै जना सजक बन्नु पर्नेमा उनले जोड दिए । यस्ता घटना नियन्त्रण र न्यूनीकरणका लागि परिवारको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाई छ ।
कार्यक्रममा सहभागीहरूले आफूले जानेको र आफूले भोगेका घटना, त्यसबाट परेको असर लगायतका विषयमा छलफल गरेका थिए।
कार्यक्रममा स्थानीय नागरिक, विद्यार्थी, प्रहरी विभिन्न निकायका व्यक्तित्व, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा चालीस जनाको उपस्थिति रहेको थियो।