Above Article Ad
  • बाजुरामा भीरबाट खसेको ढुंगा लागेर समीरको मृत्यु

    Above Article Content Ad
  • बाजुरा – बाजुराको गौमुल गाउँपालिका–५ कोटमा भीरबाट खसेको ढुंगा लागेर ८ वर्षीय बालकको मृत्यु भएको छ।

    स्थानीय बलबहादुर बुढाका ८ वर्षीय छोरा समीर बुढाको ढुंगा लागेर मृत्यु भएको हो। स्थानीयका अनुसार गौमुल गाउँपालिका–४ बगर टोलबाट घर कोटतर्फ जाने क्रममा रतखोला भन्ने स्थानमा भीरबाट खसेको ढुंगा बालकलाई लागेको थियो।

    Article inline ad #1
  • पशुचौपायाले भीरबाट ढुंगा खसालेपछि उक्त ढुंगा बालकमाथि खसेको बताइएको छ। ढुंगा लागेर गम्भीर घाइते भएका समीरको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको थियो।

    Article inline ad #2

    घटनाबारे स्थानीयले साँझ ५ बजे इलाका प्रहरी कार्यालय गौमुलमा जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी राति ८ः३० बजे बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मार्तडी पठाएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6