
चौथो गोविन्द बिक स्मृति कप : पुनर्वास-१० ले हात पार्यो उपाधी
पुनर्वास-चौथो गोविन्द बिक स्मृति कप वडास्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
सहिद गोविन्द बिकको चौथो बार्षिकि स्मृतिमा प्रतिष्ठानले आयोजना गरेको वडास्तरिय पुरूष भलिबलको आज (मंगलबार) सम्पन्न फाईनल खेलमा कडा प्रदर्शन गर्दै पुनर्वास नगरपालिका १० स्थित नवयुग युवा क्लब पहिलो बिजेता भएको छ । भने फाईनल प्रतिस्पर्धि खप्तड युवा क्लब वडा नम्बर ६ उप विजेता भएको हो ।
कार्तिक १ गते उद्घाटन गरिएको पुरूष भलिबल प्रतियोगितामा प्रथम हुने विजेता टिमले नगद ४० हजार ट्रफि मेडल प्राप्त गरेको छ । त्यस्तै, द्वितीय हुने खप्तड युवा क्लबले नगद २० हजार ट्रफि र मेडल हात पारेको थियो ।
प्रतिष्ठानका अध्यक्ष हरि बिकको सभापतित्वमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद सदस्य दिपक बहादुर सिंह रहेका थिए । त्यसैगरी, बिशिष्ट अतिथि मा पुनर्वास नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नरबहादुर बिक , खेलकुद परिषद सदस्य प्रकाश बिक टोप बहादुर बिष्ट रहेका थिए । भने अतिथिमा नेपाल रेडक्रस सोसाइटी पुनर्वास सभापति कृष्णबहादुर तामाङ , जनजागरण सामुदायिक बन अध्यक्ष लोकबहादुर कार्कि , नवयुवा युवा क्लब पुनपा ९ अध्यक्ष करण ऐडी , वडा सदस्य राजन सुनार , मनमाया बिक , समाजसेवी पदम परियार लगायतका व्यक्तिहरु आसिन थिए ।
कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरूले सहिद गोविन्द बिक ले देशका लागि कर्तव्य पालना गर्दै गर्दा सहिद हुनुपरेको बिषयलाई सम्झना गर्दै उनलाई कसैले पनि बिर्सन नहुने कुरामा जोड दिएका थिए ।
सो अवसरमा सहिद बिक कि ममतामयी आमा र उनकि श्रीमतीलाई सम्मान स्वरूप दोसल्ला ओढाई मायाको चिनो प्रदान गरिएको थियो ।
लामो समय देखि चलिरहेको तस्करी नियन्त्रण गर्न खोज्दा २०७७ कात्तिक २ गते राति कैलालीको अस्थायी प्रहरी बिट, जुगेडामा कार्यरत इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक तस्करबाट मारिएको अवस्थामा फेला परेका थिए ।
०७४ सालमा दिपालयस्थित प्रहरी तालिम केन्द्रबाट असईमा सेवा प्रवेश गरेका २८ बर्षिय बिकको ३ बर्ष सेवा गर्दैगर्दा तस्कर समुहबाट मृत्युु वरण भएका सहिद बिकको स्मृतिमा निरन्तर कार्यक्रम हुँदै आएको छ । प्रतियोगिताको समापन कार्यक्रममा सहभागी धेरै स्थानीयको आँखा रसाएको थियो ।
देउडा लगायत साँस्कृतिक कार्यक्रम रहेको प्रतियोगितामा ११ टिम सहभागी थिए । भने समापन कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव शैलेन्द्र बिकले गरेका थिए ।