
धनगढीमा वडा प्रहरीको अप्रेसन : साढे ५ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ
Above Article Content Ad
धनगढी -धनगढीमा वडा प्रहरी कार्यालयले गरेको अप्रेसनका क्रममा साढे ५ ग्राम बढि लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–७ भानुचोकबाट ५ ग्राम ६५० मिलिग्राम ब्राउन सुगरसहित २५ वर्षीय अभिषेक रानालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।
Article inline ad #1
वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको जनाएको छ।
Article inline ad #2
रानालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















