Above Article Ad
  • ८० वर्षीय आमाले छोरीलाई मृगौला दान

    Above Article Content Ad
  • काठमाडौँ-म्याग्दीकी ८० वर्षीया गुमा भण्डारीले आफ्नी ५५ वर्षीया छोरी सीता पाण्डेलाई मिर्गौला दान गरेर मातृत्व र साहसको दुर्लभ उदाहरण प्रस्तुत गरेकी छिन्। किष्ट अस्पतालमा यो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको हो ।

    छोरी सीता पाण्डे गम्भीर स्वास्थ्य समस्याबाट पीडित थिइन् र चिकित्सकले उनको जीवन बचाउन मिर्गौला प्रत्यारोपण अनिवार्य भएको बताएका थिए। यस्तो अवस्थामा ८० वर्षको उमेरमा पनि गुमा भण्डारीले कुनै हिचकिचाहट बिना आफ्नै ज्यानको जोखिम मोलेर मिर्गौला दिने दृढ निर्णय लिइन्।

    Article inline ad #1
  • सर्जरीको दिन अस्पतालका चिकित्सक, नर्स र परिवारका सदस्यहरू निकै भावुक बनेका थिए। ८० वर्षको उमेरमा आमाले छोरीलाई जीवन दिन गरेको यो त्याग नेपाली समाजका लागि एउटा ऐतिहासिक क्षण बन्यो। प्रत्यारोपण सफल भएपछि सीताको अनुहारमा देखिएको मुस्कानले सबैको मनमा खुसी छायो।

    Article inline ad #2

    यो घटना चिकित्सा क्षेत्रको सफलता मात्र नभएर एक आमाको अटुट माया, अमूल्य बलिदान र साँचो प्रेमको कथा भएको अस्पतालको भनाई छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by