Above Article Ad
  • डडेल्धुराको अजयमेरुमा शाखा सडक कालोपत्रे हुँदै

    Above Article Content Ad
  • डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकामा शाखा सडक कालोपत्र हुँदैछ । गाउँपालिको वडा नम्बर २ मा पर्ने रोल्ली, जिजोडा, हाट समेटेर बन्ने एकीकृत बस्ती हुँदै अजयमेरुकोट जोड्ने सडक कालोपत्रे भइरहेको हो ।

    उग्रतारा-मेलौली सडक खण्डको चमडा बजारदेखी १ किलोमिटर अगाडीबाट शाखा सडक कालोपत्रे गर्ने काम तिब्र गतीमा भइरहेको छ । एकीकृत बस्ती विकास गर्ने उद्देश्यले पहिलो चरणमा दुई किलोमिटर सडक कालोपत्रे भइरहेको गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्ट(विकास)ले बताए ।

    Article inline ad #1
  • गाउँपालिकाले रोल्ली, जिजोडा र हाटलाई समेटेर एकीकृत बस्ती विकास गर्न संघ सरकारलाई बजेट माग गरेको थियो त्यही अनुसार अहिले सडक निमार्ण भइरहेको गाउँपालिका अध्यक्ष भट्टले बताए ।

    Article inline ad #2

    आधारभुत समुदायसहितको बस्ती विकास अन्र्तगत भित्र सडक दुई किलोमिटर कालोपत्रे भएपछि गाउँ बस्तीमा यसै बर्ष पुग्ने गाउँपालिका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष शिवराज भट्टले बताए ।

    उनले भने, ‘हाम्रा बस्ती जोड्न पहिलो पटक भित्र सडक कालोपत्रे हुँदैछ, त्यसपछि एकीकृत बस्तीको अरु विकास पनि अगाडी बढ्ने छ ।’ संघिय योजना कार्यान्वय एकाई धनगढी कैलालीसंग शिशिर एण्ड बसन्त, भुमिराज र प्रमोद जेभीले २ करोड २४ लाख ९५ हजारमा निमार्ण गर्ने सम्झौता भएको निमार्ण व्यवसायी दिपेन्द्र चन्दले बताए ।

    जेठ मसान्तमा सम्पन्न गर्ने गरी काम भइरहेको निमार्ण व्यवसायी चन्दको भनाई छ । करिब ४० प्रतिशत काम भइसकेको उनले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by