Above Article Ad
  • सुदूरपश्चिमका तीन प्रमुख नाकामा एक्सरे र वाकथ्रु मेसिन जडान गरिने

    Above Article Content Ad
  • धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले भारतसँग जोडिएका तीन प्रमुख सीमा नाकामा अत्याधुनिक सुरक्षा उपकरण जडान गर्ने भएको छ।

    सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले कैलालीको त्रिनगर (गौरिफन्टा) र खक्रौला तथा कञ्चनपुरको गड्डाचौकी नाकामा एक्सरे मेसिन जडान गर्ने तयारी गरिएको हो।

    Article inline ad #1
  • यात्रु तथा सामानको सुरक्षा जाँचलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तीनवटै नाकामा वाकथ्रु मेसिन तथा सिसिटिभी क्यामेरा समेत जडान गरिने जनाइएको छ।

    Article inline ad #2

    यसका लागि सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। मन्त्रालयका अनुसार सुरक्षा प्रविधिको प्रयोग बढाएर सीमा नाकाको निगरानी तथा नियन्त्रण प्रणालीलाई थप सुदृढ बनाइनेछ।

    प्रदेश सरकारले सीमा सुरक्षालाई प्रविधिमैत्री बनाउने योजनाअन्तर्गत उक्त कार्यक्रम अघि बढाएको जनाएको छ। यसबाट अवैध ओसारपसार, अपराध नियन्त्रण तथा सुरक्षा व्यवस्थापनमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6