
पुनर्वासमा ६५ दिने ब्युटिपार्लर तालिम सम्पन्न ।।।
कंचनपुरको पुनर्वासमा ब्युटिपार्लर तालिम सम्पन्न भएको छ । पालिकाको उधम बिकास शाखाको आयोजनामा ६५ दिने ब्युटिपार्लर तालिम सम्पन्न भएको छ । आर्थिक समृद्धिका आधार, लघु उधम मार्फत रोजगार भन्ने मुल नाराका साथ गरिबी निवारणका लागी लघु उधम बिकास कार्यक्रम (मेडपा) अन्तरगत ब्युटीपार्लर तालिम गरिएको उधम बिकास शाखा पुनर्वासको प्रमुख बिमला चौधरीले जानकारी दिनुभयो । कार्यक्रम माघ १४ गते देखि पुनर्वास ३ को सभाहलमा संचालन भएको थियो । यस्तै तालिममा पुनर्वास ३ र ४ का १९ जनाको सहभागीता रहेको उहाले बताउनुभयो ।
यस्तै तालीम समापनमा बोल्दै पुनर्वास नगरपालीकाको उपप्रमुख भुलिया कुमारी रानाले पछिल्लो समय युवतीहरुमा पार्लरको क्रेज बढेको बताउनुभयो । उहाँले हरेक मान्छे आजभोली राम्रो बन्न चाहेको र गाउँघरमा पनी पार्लरहरु सञ्चालनमा आएको बताउनुभयो । तालीम एउटा पाटो मात्रै भएकोले यसलाई ब्यबहारमा उर्तान सबैलाई उहाँले आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका सुचना अधिकारी धौलराम सार्कीले ६५ दिनको तालीममा सबै कुराहरु नसिकेपनी एउटा बेस बसालेको बताउनुभयो । उहाँले आफुले सिकेका कुराहरुमा निखारता ल्याउन प्रशिक्षार्थीहरुले अझै धेरै मेहनत गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै शोभा शर्मा र रोदा तामाङले ६५ दिनको ब्युटीपार्लर तालीमबाट आफुहरुले धेरै काम सिकेको बताउनुभयो । उहाँहरुले अबका दिनमा पुन आर्को लेबलका पार्लर सम्वन्धि तालीम सञ्चालनका लागी पालिकालाई आग्रह गर्नुभयो ।
तालीम समापन समारोहका सभापती तथा पुनर्वास ३ का वार्ड अध्यक्ष कृष्ण बहादुर तामाङले सहभागीहरुलाई धन्यबाद ब्यक्त गर्दै आफुले सिकेका काम ब्यवहारमा उर्तान आग्रह गर्नुभयो । अब महिला स्वरोजगार मार्फत घरमा सहयोग पुग्ने गरी ब्यवसाय सञ्चालन गर्न पनी उहाँले सहभागीहरुलाई आग्रह गर्नुभयो ।